हामी प्रधानमन्त्रीको ‘बर्थ डे’मा छौँ, फैसलाबारे थाहा छैन’: सुवास नेम्वाङ
काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङले भने, ‘हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ । केही थाहा पाइसकेका छैनौ । केहीबेरपछि कुरा गरौला ।’
नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए । ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1