स्वास्थ्य र सुन्दरताका लागि गुणकारी छ टुसा उम्रिएको चना, यस्ता छन् उत्कृष्ट फाइदा

१८ माघ, काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंका लागि चना प्रोटिनको एउटा उत्कृष्ट स्रोत हो । तर यसको फाइदा त्यतिबेला थप बढ्छ जब हामी यसलाई भिजाएर खान्छौं वा टुसा उम्रिएको चनालाई खानामा समावेश गर्दा यसले हाम्रो स्वास्थ्यका लागि निकै फाइदा पुर्याउँछ । 

चनालाई टुसा उमारेर खाँदा यो सुपरफुड बन्ने गर्छ र थुप्रै पोष्टिक गुणको भण्डार बन्ने गर्छ । 

टुसा उमारिएको चना खाँदा तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ ।

यसले मोटोपनाजस्ता समस्याबाट राहत प्रदान गर्छ । किनभने चना खाँदा पेट भरिएको महसुस हुन्छ र चाँडै भोक लाग्दैन ।

– टुसा उम्रिएको चनामा अत्यधिक प्रोटिन पाइन्छ, साथै यसमा फ्याटको मात्रा पनि निकै कम हुन्छ । 

– चनाको सेवनले तपाईं आफ्नो हड्डी र दाँत बलियो राख्न सक्नुहुन्छ किनभने यसमा विभिन्न प्रकारको भिटामिन र मिनरल्स हुन्छन् । 

यसमा आइरन र सोडियमसहित थुप्रै पौष्टिक तत्व हुन्छन् जुन तपाईंको शरीरका लागि विभिन्न तरिकाले फाइदाजनक हुन्छ । 

– टुसा उम्रिएको चनाको सेवनले तपाईंको छाला र कपाललाई पनि सुन्दर राख्न निकै मद्दत गर्छ किनभने यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले बढ्दो उमेरसँग छालामा जुन प्रभाव पर्छ त्यो कम गर्छ । साथै यो कपालका लागि पनि निकै राम्रो हुन्छ । 

– जवान देख्न चाहनेहरुले यसको नियमित सेवन गर्नुहोस् । कपाल र तपाईंको छालालाई आवश्यक पर्ने मोइस्चर यसले प्रदान गर्छ । 

– टुसा उम्रिएको चनाले तपाईंको ब्लड सुगर पनि नियन्त्रणमा राख्न मद्दत गर्छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button