स्थायी कमिटी बैठकमा गएमा माधव पक्षका नेताहरुले यस्तो माग राखे, ओलीले नमानेपछि छोडेर हिँडे

काठमाडौ । सरकारवाट वाहिरीएपछि पहिलो पटक सुरु भएको नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठकमा माधव कुमार नेपाल पक्षका केही नेता पनि पुगेका थिए ।

तर उनीहरु बैठकमा सहभागी हुन नभई अध्यक्ष केपी शर्मा ओलीलाई बैठक स्थगित गर्न माग लिएर पुगेका थिए ।

वार्ता टोली संयोजक एवंम् उपाध्यक्ष भीम रावलसहित उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे स्थायी कमिटी बैठकमा पुगेका छन्।

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठकमा सहभागी हुन माधव पक्षका नेतालाई पनि बोलाएका थिए । माधव नेपालले बैठक स्थगित गरेर सहमति गर्न सन्देश पठाएका थिए ।

तर ओलीले उनको सन्देश अस्वीकार गरेर बैठक चलाएका छन् ।

का वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राखेको भएपनि ओलीले नमानेपछि उनीहरु फर्किएका छन् । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए।

बैठकबाट बाहिरिएपछि भीम रावलले भनें आफुहरुले कार्यदलले गरेको सहमतिमा हस्ताइार गरेपछि बैठक संचालन गर्न आग्रह गर्र्यौ,‘यो बैठक जारी रहन्छ भनेपछि हामी बाहिरियौं।’ बैठक सार्न अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उनीहरू फर्किएका हुन्।

नेपाल पक्षका नेताहरु बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि त्यसै फर्किएका छन् । उनीहरुले हस्ताक्षर नगरेको बताएका छन् ।

च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका थिए। बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button