स्तन ठुलो बनाउन शल्यक्रिया गराएका दुई महिला पक्राउ

चिकित्सकीय पर्यटन भ्रमणपछि दुबईबाट फर्केपछि क्वारेन्टाइन होटेलमा बस्न अस्वीकार गर्ने आयरल्यान्डका दुईजना महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

३० वर्षीया किस्र्टी म्याकग्राथ र २५ वर्षीया नियाम्ह मल्रिनी संयुक्त अरब इमिरेटस्बाट  डब्लिन विमानस्थलमा आइपुगेको आइरिस राष्ट्रिय समाचार इडिपेन्डेन्टले जनाएको छ । क्वारेन्टाइन होटेलमा बस्न अस्वीकार गर्दै तिनीहरू डब्लिनको सान्ट्रिस्थित बाल्लीमुन गार्डा स्टेसनमा पुगेको बताइएको छ ।

तिनीहरू दुवैविरुद्ध आयरल्यान्डको वर्तमान स्वास्थ्यसम्बन्धी कानुन तोडेको अभियोग लगाइएको छ । गत मार्चको उत्तरार्धमा आइरिस स्वास्थ्य निकायले कोरोना भाइरस संक्रमणको खतरा रहेको मानिएका राष्ट्रहरूबाट आएका यात्रुहरूलाई होटेल क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।

उक्त निकायले सार्वजनिक गरेको ८४ वटा खतरनाक राष्ट्रको सूचीमा संयुक्त अरब इमिरेटस पनि परेको हो । यस्तो खतरनाक मानिएका मुलुकको ट्रान्जिटमा मात्र बसेकाले समेत १४ दिन लामो क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनेको थियो । तिनीहरू दुबईमा स्तनको आकार बढाउने शल्यक्रिया गराएर फर्केका हुन् ।

जहाँ मानिसलाई जिउँदै गा’ड्ने गरिन्छ !

देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्। आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गा’ड्ने गरिन्छ।

क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गा’ड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ।

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ। सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी विधुवा बन्ने गर्छिन्।

खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जि’उँदै गा’ड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन।

यो पर्वको सुरुवात १९८४ मा भएको थियो। यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button