सूर्य चिन्ह र नेकपा नाम हामीलाई नदिए,रडाको मच्चिन्छ: प्रचण्ड

२८ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले पाउने बताएका छन्।

उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी छ।

उनले यो कुरा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा भनेका हुन्।

प्रचण्डले सूर्य चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउने चेतावनीसमेत दिएका छन्।

‘नाम र चिन्ह हाम्रो हुन्छ। नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन।’

उनले नेकपा नाम र सूर्य चिन्ह आफूहरूले पाउनेमा शतप्रतिशत विश्वस्त रहेको पनि बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक रहेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
8
+1
0
+1
0
+1
3

सम्बन्धित समाचार

Back to top button