सुटकेशमा शव राखेर सार्वजनिक बसमा बुटवलवाट बागलुङ, यसरी खुल्यो पोल

काठमाडौ । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गा डि एको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा स्वभाविक देखिएन ।

अरुले नै घटना गराएको अनुमान सजिलै गर्न सकिन्थ्यो । बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।

शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृ त कले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो ।

वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो ।

बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्र्पकविहीन भएका थिए ।

“प्रारम्भिक अनुसन्धानबाट बुटवलमै घटना गराएर शव लुकाउन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवारीले भने, “शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण घटना गरेको स्वीकार गरे पनि एक्लैले घटना गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।”

हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत शङ्काको घेरामा रहेको उनले बताए । उनले घटनामामा सम्लग्न एक जना फ रा र रहेको बताए ।

बुटवलमा घटना गराएर शव सुटकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गा डे को अनुसन्धानबाट देखिन्छ”, उनले भने, “घटना सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।

” साझेदारीमा व्यवसाय गर्दा आर्थिक विवाद भएकाले घटना गराएर गरेर शव लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ ।

यो पनि,,,,अटो चलाएरै सन्तानलाई डाक्टर बनाउन सफल कञ्चनपुरकी गोमा

कार्तिक–जीवनकालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्। जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित उनी ।

आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन्। साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले वितत गरिन्। उक्त अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन गोमा ।

साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए। पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गरिन्।

सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्तीर्ण गरेकी हुन्। छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा अध्ययनरत थिए।

दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि उनले साइकल बाट मोटरसाइकलमा समेत मालसामान बोकिन्। कमाइको बचत बाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरेकी थिइन्।

दुई सन्तानको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन्। लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गरिन्। उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन्।

छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएको उनी बताउँछिन्। छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत रहेको उनी बताउँछिन्।

जीवनको सान्दर्भिकता अँगाल्दै उनले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो रिक्सा चलाउने बताएकी छन्।

उनले भनिन्– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागी अटो चलाउने पेसा अङ्गालेकी हु।’

अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइहुने गरेको उनी बताउँछिन्। अटोबाटै सन्तानलाई उच्चशिक्षा देखी जागिरे बनाउने सपना छिट्टै सकार हुने भन्दै उनले हर्ष व्यक्त गरिन्। भुवन भट्टले हाम्रो कालापानीमा लेखेका छन ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button