सुजिताको पोष्टमार्टम रिपोर्ट यस्तो आयो , अब भिसेरा परिक्षणवाट के आउला प्रमाण ?

काठमाडौ । चितवनकी सुजीता भण्डारीको पोष्टमार्टम रिपोर्ट आएको छ । तर त्यो रिपोर्टले थप अन्यौलता बढाएको छ ।

पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण खुल्न सकेन । उनले आफै यस्तो निर्णय लिइन् वा उनको मृत्युमा अरु कसैको हात छ भन्ने कुरा पोष्टमार्टम रिपोर्टमा नदेखिएको हो । चिवतनको एक सामुदायिक वनमा उनको शव फेला परेपछि पोष्टमार्टमका लागि त्रिवि क्षिण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

पोष्टमार्टममा संलग्न चिकित्सकले रिपोर्टमा उनको घटनाको कारण यहि नै हो भन्ने प्रमाण दिने खालको कुनै संकेत नदेखिएको जनाएका छन् । उनको शरिरको भित्र र वाहिर कुनै चोट देखिएको छैन ।

पाठेघर खाली छ भने योनीमा पनि कुनै घाउ छैन । त्यसैले जवरजस्तीको कुनै संकेत पनि देखिएको छैन ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीका अनुसार अब उनको घटनाको यथार्थ थाहा पाउन भिसेरा परिक्षण गर्नुपर्नेछ । त्यसका लागि आफुहरुले नमुना दिएको र प्रहरीले त्यसको परिक्षण गर्ने उनको भनाई छ ।

चितवनकी सविता भण्डारी हराएको ९ दिन पछि मृत फेला परेकी थिइन् । उनको घटनाको यथार्थ छानविन माग गर्दै स्थानिय र आफन्तले आन्दोलन जारी राखेका छन् । अवस्था विग्रन नदिन उनको घर आसपासको क्षेत्रमा स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु बुधवार साँझ सम्मका लागि लगाइएको छ ।

एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स बिघटनको तयारीमा !

सरकार देशको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्स बिघटनको तयारीमा लागेको भन्दै बिरोध सुरु भएको छ ।

सरकारले गुपचुप रुपमा यस्तो कार्य गर्न लागेको बताइएको छ । नीजि क्षेत्रलाई फाइदा पुग्ने गरि सरकारको यस्तो निर्णय आउन लागेको हो ।

पत्रकार हरिबहादुर थापा एक अनलाईनको सम्पादकीय सेयर गर्दै ट्वीटरमा लेख्छन्, नेपाल वायुसेवा निगम विघटन गर्ने ‘भूमिगत खेल’ अनौठो तरिकाले रातारात अघि बढ्यो, त्यो पनि सरकार चरम सं क्र म ण कालमा रहँदाको अवस्थामा ।

कहीँ कतै अत्तोपत्तो नदिई ‘भूमिगत शैली’मै ‘प्रबन्धपत्र’समेत बन्‍नु आफैँमा रहस्यमय छ ।

यस्तै यस्तो कार्यको पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा लगायत नेताहरुले पनि सरकारको यस कार्यको बिरोध गरेका छन् ।

इकागजमा छापिएको एक समाचार अनुसार, निगम विघटन गरी उक्त कम्पनी स्थापना गर्ने प्रयोजनका प्रबन्धपत्र र नियमावली हतारहतारमा ४८ घण्टामै तयार भएका थिए ।

मस्यौदा बनाउन निगम सञ्चालक समितिका सदस्य किशोरकुमार प्रधानको संयोजकत्वमा तीन सदस्यीय उपसमिति बनाइएको थियो । उपसमितिमा अर्का सञ्चालकद्वय ईश्वरी पौडेल र फुर गेल्जे शेर्पा थिए ।

निगमको सञ्चालक समितिले मस्यौदा उपसमिति गठन गर्ने निर्णय असार १० गते गरेको थियो । असार १३ गते उक्त उपसमितिले प्रबन्धपत्र र नियमावली तयार गरी सञ्चालक समितिलाई बुझाएको पाइएको छ ।

यति ठूलो निर्णय गर्दा निगमका अन्य कर्मचारी तथा आधिकारिक ट्रेड युनियनहरूबीच छलफलसमेत नगरी गुपचुपमा पारित गरिएको दावी इकागजको समाचारमा गरिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button