सिरहामा महिलाको शव बोकेर आफन्त प्रहरी कार्यालय पुगेपछि

काठमाडौ । सिरहामा एक महिलाको शव बोकेर स्थानिय सिधै इलाका प्रहरी कार्यालय लहान अगाडि पुगेका छन् ।

उनीहरुले घटना रहस्यमयी भन्दै अनुसन्धानको माग राखेर शव लिएर प्रहरी कार्यालय पुगेका हुन् ।

स्थानियले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । ससुराले आफ्नी छोरीको ज्यान लिएको आरोप माइती पक्षले लगाएका छन् ।

धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतोको शव लिएर आफन्त प्रहरी कार्यालय पुगेका हुन् ।

उनी सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झु ण्डि एको अवस्थामा फेला परेकी थिइन् । मंगालवार प्रहरी घटनास्थल पुगेर शव पोष्टमार्टमका लागि पठाएको थियो ।

धरानबाट पोष्टमार्टमपछि महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् ।

आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छन् । छोरीलाई ससुरा र देवरले पहिले देखि नै नराम्रो ब्यवहार गर्ने गरेको माइती पक्षको भनाई छ ।

एक महिना अघि पनि छोरीलाई या त ना दिएपछि उनी माइत आएको बसेकी थिइन् ।

केही दिन पहिले फेरि आएर ससुराले घर लगेका थिए । प्रहरीले जाहेरी नै नलिएका कारण प्रदर्शन गर्नुपरेको माइती पक्षले जनाएका छन् ।

प्रहरीले भने पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धान अघि बढाउने जनाएको छ ।

दाई खोज्दै जाँदा भाइलाइ भेटेपछि…..

मोरङमा ७ जनाको ग्याङले घरमै आएर एक युवकको ज्या न लि’ए’का छन् ।

ति स्थानिय युवाको समुह यस्तै हु’लदं’गा गर्ने समुह भएको एक महिलाले बताएकी छन् । निधन भएका युवकको भाउजुले घटना आफुले देखेको बताइन् ।

भाई यहाँ बसेको थियो ७ जना ह ‘ति’या’र बो’के’र आए । सुरुमा तीन जना आए । आएर सुसन खोइ ? भनेर सोधे । मैले यहाँ छैन भनेर झुटो बोलिदिए तर उनीहरुले खोज्दै तल गए । तर उनीहरुले सुसन को हो ? भन्दै एउटा युवकलाई बोलाए ।

तर उसले म सुसन होइन भन्दा भन्दै ति युवकहरुले उनीमाथि नै जा’इला’गे ।

ति युवक सुसन नामका एक युवकलाई खोज्दै आएका थिए तर भाईलाई फेला पारेपछि उनकै ज्या’ ‘न लि’ए ।

उनी पान खान भन्दै पसलमा बसेका थिए । तर उनीहरुले दिउसै सबैको सामुन्ने ज्या’ ‘न लिएको भाउजुले बताइन् ।

भाउजुले घटना किन भयो, घटना गराउने को हुन् भन्ने पनि आफुले नचिनेको बताइन् ।

घटना गराएर उनीहरु भा’ ‘गेको ब’ता’इ’न् । घटना गराएर उनीहरु मोटरसाइकलमा भागेपछि मात्र गाउँलेहरु आएको महिलाले बताइन् ।

घटनामा संलग्न केही पक्राउ परेको भएपनि प्र ;हा;र गर्ने ब्यक्ति नै भने पक्राउ नपरेको उनले बताएकी छन् ।

निधन हुनेको नाम अभिषेक थारु भएको महिलाको भनाई छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button