सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो ।

मोडालिटि परिवर्तन गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएको छ ।

गत मंगलबार गृह मन्त्रालयले लामो र मध्यम दूरीमा सार्वजनिक सवारी सहजीकरणका लागि देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

परिक्षा संचालन गर्ने निर्णयसंगै विद्यार्थीहरु परिक्षा केन्द्रमा जानुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

तर काठमाडौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने निषेधाज्ञा कडा बनाउने संकेत गरेका छन् ।

महामारीको तेस्रो लहरको जोखिम बढेको भन्दै कडा बनाउने संकेत गरिएको हो ।

को रोनाको नयाँ भेरियन्ट भक्तपुरमा समेत देखिएको छ । संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

तर गृहमन्त्रालयको लामो दुरीको सवारी संचालनका लागि सहजीकरण गर्न दिएको निर्देशनले भने सिडियोहरु अन्यौलमा परेका छन् ।

‘त्रिभुवन विश्व विद्यालयका अब हुने परीक्षाका परीक्षार्थीलाई अप्ठेरो पर्ने भएकालाई सहयोग हुने हेतुले सार्वजनिक यातायात सहजीकरण गर्न गृहले निर्देशन दिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणदर हेरर निर्णय गर्ने बताएका छन् । अहिले उपत्यकाको संक्रमणदर हेर्ने हो भने निषेधाज्ञा राम्रोसँग खोल्नुभन्दा घटाउनुपर्ने बेला भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो १० दिन थप गरिएको निषेधाज्ञामा खुकुलो प्रावधना छ तर अहिले संक्रमण बढिरहेकाले निषेधाज्ञा के हुने भन्नेबारे टुंगो लागिसकेको छैन । कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ ।

नेपाली सेनाका हुद्धाको ज्यान सेनाले नै लिए ? पक्राउ परे ढकाल

सेनाकै एक कर्मचारीको ज्यान लिएको अभियोगमा नेपाली सेनाका एक जना ब्यक्ति पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमल डाँडा खेत नहरमा केही समय अघि नेपाली सेनाका हुद्धा भरत गुरुङ मृ त फेला परेका थिए ।

उनको ज्यान लिएको अभियोगमा नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । नेपाली सेनामा कार्यरत एकजनालाई पक्राउ गरिएको चितवनका एसपी ओम अधिकारीले जानकारी गराएको भएपनि उनलाई भने सार्वजनिक भने गरिएको छैन । त्यसको तयारी भने गरिउको प्रहरीले जनाएको छ ।

चितवनको टाँडीबाट उनलाई पक्राउ गरिएको र ह ति या र पनि बरामद गरेको प्रहरीको भनाई छ ।

घटनामा प्रयोग गरेको पे स्तो ल प्रहरीले बरामद गरेको हो । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो ।

उनको टाउकोमा गो ली को निसान थियो ।

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्धा हुन् । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button