सिकार खेल्ने क्रममा भाइले चलाएको बन्दुकको गोली लागेर दाइको ज्यान गयो

दाङमा भरुवा बन्दुक पड्कँदा एक जनाको ज्यान गएको छ । केहि दिन अघि शिकार खेल्न जाँदा भाईले चलाईको भरुवा बन्दुकले दाजुको ज्यान गएको हो ।

माघ २७ गते दिउँसो दाङको गडवा गाउँपालिका वडा नमवर २ भिमचिमे तिलतिले डाँडामा सोही स्थानका २७ बर्षीय सुर्यबहादुर राना र ३९ उनका सहोदर दाजु ईन्द्रबहादुर राना जंगली जनावरको शिकार खेल्न हिडेका थिए ।

भाई रानाले शिकारका लागि बन्दुक प्रहार गर्दा दाजु रानाको बाँया हातको काँखी मुनी गोली लागेर घटना स्थलमा नै ज्यान गएको थियो ।

बन्दुक प्रहारबाट दाजुको ज्यान गएपछि सुर्यबहादुर राना बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तब्य ज्यान कसुर मुद्धा दर्ता गरिएको प्रहरीले जनाएका छ ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको दाङका प्रहरी प्रबक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । मृतकको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button