सांसद्हरुको रमिता : प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा धर्ना
१४ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले बुधवार काठमाडौको माइतीघरमा धर्ना गरेका छन् ।
धर्नामा पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरु सहभागी बने । धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
प्रचण्ड–माधव पक्षले माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ । जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम जारी राख्ने कार्यक्रम रहेका छन् ।
त्यस्तै माघ १५,१६ र १७ क्रमशः बुटवल,विराटनगर र धनगडीमा तथा २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1