सर्वोच्चले हजारौंको बलिदानपछि प्राप्त संविधानको रक्षा गरेको छ: अभिनेता भुवन केसी

नेपाली चलचित्र क्षेत्रका अभिनेता भुवन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भंग गर्न लागेको प्रतिनिधिसभाको सर्वोच्च अदालतले गरेको पुनर्स्थापना गर्ने फैसलाको सम्मान गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा स्टाटस लेख्दै प्रतिनिधिसभा पुनर्स्थापना  भएकोमा खुशी व्यक्त गरेका हुन्।

अभिनेता केसीले लेखेका छन्, ‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ।’ सँगै हामी सबैले संविधानको अक्षरश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ, कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम।’ केसीले लेखेका छन्।  

उनले थपेका छन्, ‘संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन भन्दै आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला।’ केसीले जुनसुकै नेताले पनि मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला भनेर आग्रह समेत गरेका छन्। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button