सर्भाइकल क्यान्सरका सुरुवाती लक्षण

पाठेघरको मुखको क्यान्सर क्रमस विस्तारै विस्तारै बढ्ने भएकाले कतिपयले यसको सुरुवाती लक्षण थाहा पाउँदैनन् । जब समस्या गंभिर बन्छ, तबमात्र यो क्यान्सर फैलिएको थाहा हुन्छ ।

यदि सुरुवाती चरणमै यसको लक्षण थाहा भयो भने उपचार संभव र सहज हुन्छ । त्यसैले शरीरमा देखिने केही यस्ता संकेतपछि सर्तक हुनुपर्छ ।

असामान्य रक्तस्राव

सामान्यत पाठेघरको मुखको क्यान्सर ३५ देखि ४० बर्षको उमेरपछि हुनेगर्छ । यद्यपि यसको संकेतबाट रोग पहिचान गर्न सकिन्छ ।

यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राव भयो, प्रजनन अंगमा दुखाई महसुष भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो स्थितीमा तपाईंले तुरुन्तै चिकित्सकको परामर्श लिन आवश्यक छ ।

वाइट डिस्चार्ज हुनु

अक्सर महिलाले वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।

कोखको पीडा

मासिक धर्ममा सामान्यत महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुष हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो स्थितीमा तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।

पिसाबमा पीडा

यदि पाठेघरको लक्षणलाई नजर अन्दाज गरियो भने यो क्यान्सर यतिसम्म बढ्न पुग्छ कि त्यसले पिसाबको थैलीसम्म पुग्न सक्छ । यसले गर्दा पिसाब फेर्दा कठिनाई हुन्छ । यस्तो स्थितीमा पनि तपाईंले तुरुन्तै चिकित्सकलाई भेट्नुपर्छ ।

गुप्ताङमा जलन

मासिक स्रावका क्रमममा वा सम्बन्ध बनाइरहेको बेला रक्तश्राव हुनु वा अचानक गर्भाशयमा जलन हुनु पनि पाठेघरको मुखको क्यान्सरको लक्षण हो । यस्तो लक्षणलाई नजरअन्दाज नगरौं ।

यो पनि,,,औषधि सेवन गर्ने प्रभावकारी तरिका के हो ?

हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौ । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ ।

किनभने हाम्रो शरीरको अंग, अलग–अलग समयमा सक्रिय हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर औषधि सेवन गर्नु बढी प्रभावकारी हुन्छ ।

खासगरी त्यस्तो औषधी, जसलाई एक पटक सेवन गर्नुपर्छ । हालै भएको एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । अतः यहाँ औषधि सेवनको सहि समयबारे दिइएको छ । यद्यपी औषधि सेवन गर्नुअघि चिकित्सकको परामर्श लिनैपर्छ ।

उच्च रक्तचापको औषधि

जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ ।

हालै स्पेनमा भएको एक अध्ययनबाट के थाहा भएको छ भने, जसले राती सुत्नुअघि उच्च रक्तचापको औषधि सेवन गर्छ, उनीहरुलाई हृदयघाट वा स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ ।

शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आर्टरिजलाई आरम मिल्छ । त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औषधि राती सुत्नुअघि सेवन गरिन्छ ।

हाइ क्लेस्टोरको औषधि

कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।

हाटबर्नको औषधि

रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ । यदि एसिड कम गर्ने एचटु औषधि सेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ । यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ ।

आस्टियो आर्थराइटिसको औषधि

यस किसिमको रोगीलाई अलग अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च सोधकर्ताले गरेको अध्ययन अनुसार, आस्टियो आर्थराइटिसमा लिइने औषधि दुख्नुभन्दा छ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यन्हको समय धेरै दुख्छ भने बिहान औषधि सेवन गरौ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यन्हमा औषधि सेवन गर्नुपर्छ ।

एलर्जीको ओषधी

एलर्जीको लागि लिइने एन्टि हिस्टामाइन्स ट्याबलेट्स लिएपछि निन्द्रा लाग्छ । यस्तो अवस्थामा दिउँसुो औषधि सेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ । त्यसैले एलर्जीको औषधि राती नै सेवन गर्नुपर्छ ।

डिप्रेसनको औषधि

डिप्रेसन एवं चिन्ता हटाउने औषधि एन्टि डिप्रेसेन्ट सेवन गरेपनि निन्द्रान लाग्छ । यसकारण यो औषधि पनि राती सुत्नुअघि सेवन गर्नु राम्रो हो ।

यो पनि,,के गुलियो खानेकुराले मधुमेह हुन्छ ?

चिनीजन्य खानेकुरा सेवन नगर्दा मधुमेह  लाग्दैन भन्ने जमात पनि कम छैन । जबकी मधुमेहको कारण चिनीजन्य खानेकुरा मात्र होइन ।

मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ ।

मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ । जबकी मधुमेह रोगीको खाना शुगर फ्रि मात्र होइन, क्यालोरी फ्रि पनि हुनुपर्छ । अहिले के पनि भन्न थालिएको छ भने, मधुमेह भनेको खानदानी रोग हो ।

अर्थात हुनेखानेलाई लाग्ने रोग हो । यसको अर्थ जो सुख र सुविधाभोगी छन्, ऐशआरमको जीवन विताउँछन् उनीहरु यो रोगको चपेटामा आउँछन् ।

यसको अर्थ के भने, ऐशआरम खोज्नेहरु शारीरिक रुपमा निस्क्रिय हुन्छन् । श्रम गर्दैनन् । व्यायाम गर्दैनन् । मीठोमसिनो खान्छन् । यस किसिमको खराब जीवनशैली पनि अहिले मधुमेहको कारण बन्दैछ ।

दुई प्रकारको मधुमेह हुन्छ, टाइप–१ र टाइप–२ । यी दुबै मधुमेहको भिन्नतालाई सजिलै थाहा पाउन सकिन्छ । टाइप–१ मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोशिका शरीरको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ । जबकी टाइप–२ मधुमेहमो शरीरले प्यानक्रियाजद्वारा उत्पादन हुने इन्सुलिन प्रयोग गर्न सक्दैन ।

मधुमेहको रोगीले कम खानुपर्छ, भलै थोरै थोरै खानुहोस् । तर, आवश्य पनि खाइरहनुहोस् । मानिसहरु के सोच्छन् भने, मधुमेह बुढ्यौलीमा लाग्छ । तर, यो सबै उमेर समूहमा लाग्न सक्छ । बालकदेखि बयस्कसम्म ।

मधुमेह किन हुन्छ ?

हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौं । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ । त्यसमध्ये मधुमेह पनि एक हो ।  दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्ने हुन्छ । तर, पानीको मात्रा पुगेन भने शरीरमा ब्लड शुगरको मात्रा बढ्छ ।

राती अबेर भोजन गर्दा शरीरको तौल बढ्छ । यसले ब्लड शुगर लेभल असन्तुलित हुन्छ । जसको शरीरको तौल बढी हुन्छ, उनीहरुले मोटोपन नियन्त्रणका लागि कुनै पहल गरेनन् भने मधुमेहले गाज्न सक्छ ।

 निस्क्रिय जीवनशैलीले शरीरलाई रोगको भण्डार बनाउँछ । जीवन सक्रिय हुनुपर्छ । यसका लागि नियमित व्यायाम आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button