सरकारले सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउँछ : राष्ट्रपति भण्डारी
१४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले चरणवद्ध रुपमा सबैलाई नि:शुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएकी छिन ।
राष्ट्रपति भण्डारीले कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएकोमा खुसी व्यक्त गर्दै सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उल्लेख गरेकी छिन् ।
पहिलो चरणमा कोभिड १९ को खोप उपलब्ध गराउने देशको सूचीमा पर्नुलाई उनलाई सफल राष्ट्रको सफतला भनेकी छिन् ।
खोप उत्पादक राष्ट्रहरुलाई धन्यवाद दिँदै उनले सबै राष्ट्रमा खोपको न्यायोचित वितरण हुनुपर्ने नेपालको मान्यता रहेको पनि बताएकी छिन् ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1