सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गर्यो : नेता खनाल
२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले ओली समूहको आजको र्यालीलाई पञ्चर्यालीको संज्ञा दिएका छन ।
प्रेस संगठन झापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले ओली समूहको सभालाई पञ्चर्यालीको संज्ञा दिएका हुन ।
नेता खनालले ओलीको असंवैधानिक कदमविरुद दलहरुबीच छलफल जारी रहेको बताउँदै संयुक्त आन्दोलन हुने जानकारी दिए ।
नेता खनालले सरकारले सडकमा जुलुस निकालेर ‘डंका पिट्ने’ काम गरिरहेको आरोप समेत लगाए ।
खनालले भने, ‘२०४६ सालपछि कुनै पनि सरकारले यसरी सडकमा जुलुस निकालेको इतिहास छैन, तर ओली नेतृत्वको सरकारले सडकमा जुलुस निकालेर हामी नै लोकप्रिय छौँ, लोकतान्त्रिक छौँ र संवैधानिक छौ भन्दै डंका पिटिरहेको हेर्दा आश्चर्य लागेर आउँछ।’
उनले लोकतन्त्र र संविधानका पक्षधर, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण नागरिक समाज एकताबद्ध भएर संविधानको रक्षा र प्रतिगमनविरुद्ध एकजुट हुन उनले आह्वानसमेत गरेका छन्।