सबै कम्युनिष्ट नेताहरुले एउटै मञ्चवाट भाषण गर्ने, ओलीलाई निम्ता पठाइएन
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अन्य कम्युनिष्ट पार्टीका नेताहरुले एक्ल्याएका छन् ।
शुक्रवार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्।
ओलीको कार्यशैलीका विरुद्ध विपक्षी गठबन्धन एक भएका बेला अब कम्युनिष्ट पार्टी पनि एक भएका छन् । उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल भने मञ्चमा सहभागी हुने भएका छन् ।
पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरुबीच बाक्लो छलफल र बैठक चलिरहेको छ । शुक्रवार पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा यस्तो अवसर जुरेको हो ।
कार्यक्रममा सबै कम्युनिष्ट नेताले भाषण गर्दा ओलीलाई भने एक्ल्याइएको छ ।
कार्यक्रममा माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्यकाठमाडौं, ८ साउन ।
कम्युनिष्ट विचारधारा बोकेका फरक–फरक ६ वटा राजनीतिक दलका ७ जना शीर्ष नेताहरूले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।
पुष्पलाल मित्रता केन्द्रको आयोजनामा आज शुक्रबार दिउँसो साढे १२ बजे आयोजना हुने कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिने भएका हुन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमालेकै महिला नेतृ अष्टलक्ष्मी शाक्यले एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।
नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए । ओलीलाई भने कार्यक्रमको निम्तो पठाइएको छैन ।
मैले दोस्रो अध्यक्ष मागेकै छैन, ओलीको भ्रममा नपर्नु : माधव नेपाल
नेकपा एमालेलाई एकता गर्नुपर्ने भन्दै दोस्रो तहका नेताहरुले जारी राखेको वार्ता र सम्बादका कारण विभाजन अहिले सम्म टरेको छ ।
तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफ्ना आफ्ना समर्थकहरुको बैठक र भेला राख्ने गरेका छन् ।
ओली पक्षले बोलाएको बैठक नेपाल पक्षले वहिष्कार गर्ने गरेका छन् ।
यसैबीच ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफु तयार भएको अभिब्यक्ति दिएपछि एमालेमा तरंग उत्पन्न भएको छ ।
ओलीले विहिवार एक सार्वजनिक कार्यक्रममा वाटो विराएकाहरुलाई आममाफ ी दिन्छु भन्दै मिलेर काम गर्न आह्वान पनि गरेका थिए ।
यता माधव नेपाल पक्षको पनि विहिवार स्थायी समिति बैठक बसेको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताबारे गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ ।
छलफलमा आफ्नो विचार राख्दै नेता नेपालले साउन ३ गते प्रतिनिधिसभामा देउवा सरकारले विश्वासको मत नपाएको भए व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेतमा आँच पुग्ने खतरा रहेकाले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनलाई सच्याउन देउवा सरकारलाई मत दिनैपर्ने आवश्यकता रहेको बताएका थिए ।
विहिवार नै सोही धारणाको स्पष्टिकरण पनि पार्टीलाई बुझाइएको छ । छलफलमा सहभागीहरुले पार्टी एकतालाई सबैले गम्भीर र जिम्मेवार भएर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
छलफलमा वरिष्ठ नेता नेपालका साथै नेताहरु मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुसाल, योगेश भट्टराई र प्रमेश हमालको उपस्थिति थियो ।
यसैवीच नेता नेपालले आफ्नो कुनै ब्यक्तिगत स्वार्थ नरहेको र ओलीसंग पद नमागेको दावी गर्दै दोश्रो अध्यक्ष बनाउने भनिएको भ्रममा नपर्न सिङ्गो पार्टी पंक्ति लाई आह्वान गरेका छन् ।