सत्तामा मरिहत्ते गर्नेहरुका लागि संकटका दिन सुरु भए : रामकुमारी झाँक्री

नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सत्ताका लागि मरिहत्ते गर्नेहरुका लागि संकट सुरु भएको बताएकी छिन् ।

सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले सत्तामा रहेर राइँदाइँ गर्नेहरुका लागि संकटको दिनगन्ती सुरु भएको बताइएकी हुन् ।

उनले निर्वाचन आयोगको अकर्मण्यताका कारण दुई दल मिलेर बनेको नेकपा पार्टीको अवस्थामा सर्वोच्च अदालतले हस्तक्षेप गरेकोप्रति आक्रोश व्यक्त गरिन् ।

उनले भनिन्, निर्वाचन आयोगको अकर्मण्यताले गर्दा मुलुकलाई द्वन्द्वमा फसायो । निर्वाचन आयोगले एक व्यक्तिको पक्षमा फैसला गर्न चाहने, तर कानून र राजनैतिक न्यायको सिद्धान्तको पक्षमा न्याय दिन नसक्नु आयोगको अकर्मण्यता नै हो ।

उनले हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा रहेको बताउँदै नेतृ झाँक्रीले सर्वोच्च अदालतको फैसलाले आफूहरुलाई अलग गर्ने प्रयास गरेको बताइन् । उनले यो संसदीय व्यवस्थाको खतरनाक खेल रहेको समेत बताइन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button