संसारकै मोटो भनेर चिनिने १ सय ९३ किलो भएका बालकले यसरी घटाए १ सय ८ किलो तौल

संसारकै मोटो भनेर चिनिने १ सय ९३ किलो भएका एक बालकले एक सय ८ किलो तौल घटाएका छन् । उनले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए ।

इन्डोनेसिया जन्मिएका आर्या परमाना नाम गरेको मोटो बालकको तौल घटाएको तस्वीर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उनले आफ्नो तौल घटाउन कडा परिश्रम र मेहनत गरेको जनाएको छ ।

परमानाको तस्वीर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले सार्वजनिक गरेको डेली मेलमा उल्लेख छ । उनले तौल घटाउनका लागि भ्यारिएट्रिक सर्जरी, डाइट प्लान र दैनिक कसरत गरेको उनको पिताले बताएका छन् ।

शरीरलाई एक पटक सर्जरी गरिसकेको परमानाको फेरि पनि दोस्रो पटक सर्जरी गर्नु पर्ने जनाइएको छ । डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने भएको हो ।

यो पनि, कर्णाली कोरिडोरको निर्माण तीव्र
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो ।

चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताउनुभयो ।

सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिनुभयो ।

अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उहाँले जानकारी दिनुभयो ।

खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताउनुभयो ।

योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ ।

विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button