संसद पुनर्स्थापना नगरे तेश्रो जनआन्दोलन हुन्छ : रामचन्द्र पौडेल

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको आन्दोलनबाट संसद पुनर्स्थापना गर्न सकिने बताएका छन्।

गृह जिल्ला तनहुँमा रहेका पौडेलले अदालतले संसद पुनर्स्थापना नगरे तेश्रो जनआन्दोलन हुने र त्यसैले संसद पुनर्स्थापना गर्ने तर्क गरे।

‘प्रधानमन्त्रीले यसलाई राजनैतिक विषय भनिरहनुभएको छ, अदालत यसबाट प्रभावित हुनसक्ने देखेकाले हामीले खबरदारी गरिरहेका छौं,’ उनले भने। उनले सर्वोच्चबाट संसद पुनर्स्थापना हुनुपर्ने भन्दै आफूले न्यायमूर्तिहरुलाई सार्वजनिक आग्रह गरेको भन्दै संविधानअनुसार आदेश नआएमा भने तेश्रो जनआन्दोलन हुने चेतावनी दिए।

 ‘मैले न्यायमूर्तिहरुलाई पनि संविधानको पालना गर्न आग्रह गरिरहेको छु,’ उनले भने,‘तर त्यसो भएन भने इतिहास दोहोरिन्छ।’

आफू लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भन्दै पौडेलले संसद पुनर्स्थापना नभएमा देशको भविष्य अनिश्चित हुने बताए। ‘देश जोगाउन पनि तेश्रो जनआन्दोलन गरेर सडकबाटै संसद पुनर्स्थापना हुन सक्छ,’ उनले भने।

पौडेलले आफूनिकट सबै जिल्ला समितिले क्रियाशिल सदस्यता टुंग्याए पनि सभापति देउवानिकट जिल्लाले नाम नटुंग्याएको बताए। ‘म निकट सबै जिल्ला सभापतिले नाम पठाएका छन्,’ उनले भने,‘सभापति निकट जिल्लाले नै नाम पठाएका छैनन्। यहाँ गडबडी छ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button