संविधान र लोकतन्त्रको पक्षमा अदालतको फैसला ऐतिहासिक : वर्षमान पुन

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पुनले सर्वोच्च अदालतले संविधान, लोकतन्त्र  र शान्तिका लागि ऐतिहासिक फैसला गरेको प्रतिक्रिया दिएका हुन् । उनले अब मुलुकले फेरि ओलीतन्त्र व्यहोर्नु नपर्ने पनि टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायलयको ऐतिहासिक फैसला, अब देशले ओलीतन्त्र फेरि व्यहोर्नु पर्नेछैन ।’

अदालतले आफ्नो गरिमा बढायो : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।

यो व्याख्याले संविधानको व्याख्या भएको नेपालले बताए ।

प्रधानमन्त्री ओलीका कारण राज्यका संयन्त्रले दुःख पाए : बिडारी

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राज्यका सबै संयन्त्रले दुःख पाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना संक्रमण बढ्ने र लकडाउन हुने तर सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको उनको भनाइ छ ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ । प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ । अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ । प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ ।’

घनश्याम भुसाल भन्छन् : सहमतिमा संयुक्त सरकार पनि बन्न सक्छ

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको बताएका छन् ।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

पटकपटक संसद् विघटन गर्नु एमालेको गल्ती थियो । अब गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्नुछ’, भुसालले भने । संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गरिने उनले बताए । ‘हाम्रो मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी छ’, भुसालले भने ।

संविधान कार्यान्वयनका क्रममा पार्टीले ठूलो क्षति बेहोर्नु परेको उनले बताए ।‘संसद् जोगाउने हाम्रो कदम राजनीतिक रुपमा सही थियो । अहिले पार्टीलाई एकताबद्ध गर्ने निर्णय गरेका छौं, यो पनि सही छ’, भुसालले भने ।

संसद् र संविधान जोगाउन अब छलफल चलाउने भुसालले बताए ।

‘कांग्रेस, माओवादी, उपेन्द्रजीहरुसँग पनि छलफल गर्छौं । सहमतिमा संयुक्त सरकार बन्न पनि सक्छ’, भूसालले भने । अदालतको फैसला पछि सरकार बनाउनेबारे अनेक विकल्प रहेको उनले बताए ।

‘हामी बाहेकको सरकार पनि बनाउन सक्नुहुन्छ’, भुसालले भने । सबै दलको संयुक्त सरकार पनि बन्न सक्ने उनको भनाइ छ । यस बाहेक एमालेबाहेकका दलहरुले पनि सरकार बनाउन सक्ने भुसालले भने ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button