संक्रमित संख्या बढ्दै गएपछि फेरि भरिन थाले अस्पतालका भेन्टिलेटर र आईसीयू

जिल्लामा कोभिड– १९ का सक्रिय सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय सङ्क्रमित छन् ।

गत असार १३ गते १ हजार १४ मा झरेको सङ्क्रमित यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगेको हो ।
कार्यालयका अनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

गत वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको संख्या उच्च पुगेको थियो । जेठ १० गते सङ्क्रमितको संख्या ४ हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेको संक्रिय सङ्क्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८, १८ गते १ हजार २२० हुँदै असार २३ गते १ हजार २७१ पुगेको थियो ।

उहाँका अनुसार असार १२ गतेदेखि साउन १३ गतेसम्म आइपुग्दा नयाँ सङ्क्रमित मात्र १ हजार ३४ थपिएका छन् ।

संक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख अमृत महर्जन निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “राम्रोसँग सङ्क्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि कोरोनाको जोखिम बढेको छ ।” कोरोना नियन्त्रणका लागि अहिले खोपको अभियान जारी रहेको जनाउँदै उहाँले कारोना सङक्रमण बढ्दै गएकाले सबै सजग रहन आग्रह गर्नुभयो ।

जिल्लामा रहेका सङक्रमित मध्ये ११६ का अस्पतालमा उपचार भइरहेको छ । नौ सार्वजनिक आइसोलेसनमा र १ हजार ९ सय ५ होम आइसोलेसनमा छन् ।

जिल्लामा हालसम्म ३ सय २७ को मृत्यु भएको छ । कूल सङ्क्रमित संख्या २० हजार ९० पुगेको छ ।

जिल्लाका अस्पतालमा बाहिरी जिल्लाका समेत गरी २१३ को उपचार भइरहेको छ । ती मध्ये ७५ सघन उपचार कक्षमा, १२ भेन्टिलेटरमा, ५० एचडियूमा र ८८ सामान्य श्ययामा उपचाररत छन् ।

ओलीको त्यो बोलि जस्ले माधवलाई टाढा बनायो

पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए।

‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए।

कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘साथीहरूकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें।

ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ। स्पष्टीकरण पठाउनुपर्दैन भन्ने खबर आएको छ रे।

तर स्पष्टीकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ’, उनले भनेका थिए।

त्यही दिन एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरे। त्यसपछि नेपालको मनस्थिति फेरियो।

‘ओलीले एमनेस्टी इज ग्रान्टेड भनेपछि पनि नेता नेपालले खासै वास्ता नगरी विवाद मिलाउने विषयमै छलफल गरिरहनुभएको थियो तर साँझ भिडियो हेर्दा ओलीले अपराधीलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि उहाँको मुड परिवर्तन भयो, अब ओलीलाई विश्वास गर्ने आधार सकियो भन्न थाल्नुभयो’, नेपाल निकट एक नेताले भने।

स्रोतका अनुसार ७ गतेकै आसपासमा ओली र नेपालबीच संवादको तयारी भइरहेको थियो।

कार्यदलमा रहेका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेले त्यसको चाँजोपाँजो मिलाइसकेका थिए।

७ गते बिहान पुष्पलाल स्मृति दिवस मनाउन जाँदा नेपालको साथमा सुरेन्द्र पाण्डे पनि थिए। त्यस दिन नेपालले ‘आफूले बनाएको घर छाडेर जान पनि गाह्रो, अपमान सहेर बस्न पनि गाह्रो’ भनेका थिए।

त्यसअघि बालुवाटारबाट निजी निवास सर्नेक्रममा नेपालबाहेक सबै नेतालाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओलीले एक हप्तामै संवादका लागि तयार रहेको भन्दै दोस्रो अध्यक्ष बन्न नेपालसमक्ष प्रस्ताव पठाएका थिए।

दोस्रो अध्यक्षको प्रस्ताव आएपछि नेपालले विधान संशोधन गर्नुपर्ने र बराबरी अधिकारको विषय उठाउँदा त्यसमा पनि ओलीले सकारात्मक जवाफ पठाएका थिए।

सर्वोच्च अदालतले असार २८ मा प्रधानमन्त्रीबाट हटाएपछि ओलीले ३० असारमा माधव नेपाललाई गद्दार घोषणा गर्दै पार्टीभित्र कुनै स्थान नभएको बताएका थिए। त्यसपछि स्थिति झनै बिग्रिएको थियो।

तर पछि सम्बन्ध सुधारिँदै गएको र नेपाल समूहलाई सोधिने भनेको स्पष्टीकरण पत्र पनि नपठाउने समझदारी भएको थियो। तर पत्र पठाइयो। त्यसपछि पनि ओलीले नेता भीम रावलसँग आफूलाई थाहै नदिई पत्र पठाइएको बताउनाले नेपाल सकारात्मक नै थिए। ‘

अब ठीकै छ। संसद् जोगाउनु हाम्रो मिसन हो। यसलाई जोगाएर संसद्को पूरा कार्यकालपछि चुनावमा जानुपर्छ,’ ७ गते दिउँसो नेपालसँगै रहेका एक केन्द्रीय सदस्यले उनलाई उद्धृत गरे।

तर साँझ ओलीको सम्बोधनको पूरै भिडियो हेरेपछि नेपालले भने, ‘भो अब ओलीले अपराधी करार गरिसकेछन्। उनका अगाडि हामी अपराधी भइसकेपछि उनले त्यहाँ गर्ने व्यवहार पनि अपराधीसरह हुने हो।

यसकारण अपमान सहेर जान सकिन्न। साथीहरू कसकसलाई जान मन छ गए हुन्छ।’ साउन ७ पछि नेपाललाई मनाउन कठिन भइरहेको उनीनिकटका एक नेताले बताए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button