श्रीमान बिदेशमा यता श्रीमतीले अर्कैको पेट बोकेर…..

अ’वैध गर्भधारण गरेर ग’र्भ’प’त’न गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् ।

जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रू’णको ज्या’न लि’एर बारीमा गा’ ‘डेको आरोप लागेको हो ।

ती महिलाले चार महिनाको पुरुष भ्रू’ण जन्माई घरदेखि ५० मिटर टाढा बा’रीमा गा’डेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।

“शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रू’ण राखेर गा’डेको अवस्थामा थियो”, हवारीले भन्नुभयो, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।”

ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।

केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । ग’र्भप’त’न गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ ।

आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताउनुभयो । उनले क’सको ग’र्भ’प’त’न गराइन् भन्ने विषय खुलेको छैन ।

यस्तै बेदकोट नगरपालिका–४ स्थित पर्यटकीय क्षेत्र लिङ्गामा बस्दै आएका अन्दाजी ७५ वर्षीय साधु किसन नाथ मृतावस्थामा फेला परेका छन् । साधु मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन् ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

“मृतकको शरीरको बाह्य क्षेत्रमा कुनै किसिमको चो’ट’प’ट’क लागेको छैन”, उहाँले भन्नुभयो, “हिजो बिरामी भएर उपचारका लागि गएको भन्ने बुझिएको छ । बिरामी परेर वा अन्य के कारणले मृत्यु भएको हो, त्यसबारे अनुसन्धान भइरहेको छ ।” साधु गिरी लिङ्गा क्षेत्रमा विगत चार वर्षदेखि बस्दै आएको बताइएको छ ।

यस्तै गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।

साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिराले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जिपलाई क्षति पु¥याएको छ ।

पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नंको सो जिप राखेको ठाउँमा पहिरासँगै ८०÷८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् ।

कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरी घाइते भएकी थिइन् । चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते हुनुभएको छ । घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

३२ वर्षीय प्रकाश भन्डारीले पि’ए स्यानिटाइजर, तुरुन्तै मृ त्यु

सेनिटाइजर पि ए र इटहरीमा एक युवकको मृत्यु भएको छ । उनले किन सेनिटाइजर पि ए भन्ने बिषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्याल इटहरीका प्रहरी निरीक्षक इन्स्पेक्टर गणेश भट्टराईका अनुसार इटहरी ८ पुष्पलाल चौकका ३२ वर्षीय प्रकाश भन्डारीले सेनिटाइजर पि ए पछि मृत्यु भएको हो ।

भण्डारी पिपुल्स हेल्थ मल्टिपल क्याम्पस इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले सन्चालन गरेको आइसोलेसनमा हेल्परको रुपमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार यो घटना शुक्रवार भएको थियो ।

प्रहरी निरीक्षकका अनुसार तत्कालै प्रहरीलाई भण्डारीले सेनिटाइजर पि ए को सूचना प्राप्त भएको थियो, लगत्तै उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको थियो ।

भट्टराईका अनुसार घरमा अलिक बढी नै मा प से गर्ने गरेको खुलेको छ ।

घरायसी समस्याकै कारण सेनिटाइजर पिएको हो कि भन्ने अनुमान लगाइएको भएपनि थप अनुसन्धानको क्रममा प्रहरी रहेको छ ।

उनका अनुसार करीब डेढ महिना अघि आइसोलेसनमा परिवारले ने हेल्परको रुपमा काम लगाइदिएका थिए । घरमा मा प से गरी विवाद गर्ने गरेको र त्यहाँ काम गर्दा दाँयाबाँया नगर्ने भन्दै काममा लगाइएको खुलेको छ ।

घटनास्थलमा प्रहरीले मुचुल्का उठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button