श्रीमानको मृत्यु पछि काजकिरियामा बसेकी नर्सले मलिन स्वरमा भनिन्- दाजु मैले मेरो छोरालाई के उत्तर दिने?
विगत एकवर्ष देखि क्यान्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको उपचारका क्रममा मृत्यु भएपछि आफ्नो अबोध छोरालाई बाबू खोइ मामु भन्दा के जवाफ दिने दाजु भन्दै चिन्तित अवस्थामा अहिले काठमाण्डौंको पशुपति क्षेत्रमा काजकिरियामा बसेकी नर्सले मलिन स्वरमा उनले भनिन् ।
भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीका श्रीमानको काठमाण्डौंको पाटन अस्पतालमा उपचार गराउने क्रममा ५ दिन अगाडि मृत्यु भएको थियोे । उनी अहिले काठमाण्डौको पशुपति मन्दिरमा आफ्नो श्रीमानको काजकिरियामा बसेकी छिन् ।
नेपालगन्ज देखि काठमाण्डौं ल्याउदा उपचार गराएर सन्चो गराउछु भनेर ल्याएको थिए तर दैव पनि मै माथि लाग्यो थुप्रै महानुभावहरुको आर्थिक सहयोगमा उपचार गरेर पनि बचाउन सकिन उनले रुदै बिलौना गरिन् ।
म कसरी नेपालगन्ज फर्किउ अनि त्यो अबोध बालकलाई बाबा खोइ भन्दा के जवाफ दिने हो उनी कुरा गर्दागर्दै भावुक बनिन् । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हा र गु हार गरेर उपचार गर्दै थिए दैव आएर टिपेर लग्यो उनले बताइन् ।
यो पनि,,,यो गिरोह संग भेटिएको थियो महिलाको औंला, खोज्दै जाँदा प्रहरी नै चकित
कपिलवस्तुमा अनौठो घटना सार्वजनिक भएको छ । महिलाका हातका औला लाखौंमा विक्रि हुन्छ भन्दै महिलाको ज्या न लिुए र बेच्न हिड्ने मानिस पक्राउ परेका छन् । उनीहरुले एउटा घटना गराएर महिलाको औंला समेत बेच्न हिडेका थिए ।
प्रहरीले घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेपछि यो रहस्य खुलेको हो ।
ता न्त्रि क विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिला माथि घटना गराएका थिए । यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा एक महिलाको श व फेला परेपछि अनुसन्धान गर्दै जाँदा यस्तो अनौठो रहस्य खुलेको हो ।
उनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जी थिइन् ।
उनको हातको औंला नभएको श व फेला परेको थियो । उक्त गिरोहले यही चैत १२ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदी छेउमा महिला माथि घटना गराएका थिए ।
महिलाको औंला बिक्रिका लागि भन्दै उनीहरुले वजार लिएर गएका थिए । पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल छन् ।
प्रहरीका अनुसार चैत १२ गते राति दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी भेट्न बोलाएका थिए । त्यसपछि उनीहरुले कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट दर्जीलाई फकाएर बेतिया नदी छेउको चउरमा लगेर केहीबेर गफ–गाफ गरे । पछि उनीहरुले दर्जीको घाँ टी थि चे ।
महिलाको हातका औंला निकालेर श व बोुरामा हा ले र नदिमा ब गा ए । बोरामा ढुुंगा पनि राखेका थिए । उनीहरुले हातका औँलाहरु लाखौँ रुपैयाँमा बिक्री हुने बताएका छन् ।