श्रीमानको निधन पछि देवरसंग दोस्रो विवाह, बेहुली लिएर घर फर्कदा भएको दुर्घटनामा बेहुलीको मृत्यु
एजेन्सी । जिवनमा आएको खुसी एक दिन पनि पुरा हुन नपाउँदै महिलाले संसार छोडेकी छन् । श्रीमानको निधन पछि दोस्रो विवाह गरेको भोलीपल्टै महिलाको पनि दुर्घटनामा निधन भएको छ । यो घटना यूपीको फर्रुखाबाद जिल्लामा भएको हो ।
अनियन्त्रित कार रूखमा ठ क्क र खा ए र दुर्घटना भयो जसमा वेहुलीले ज्यान गुमाइन् ।
गत बर्ष उनको श्रीमानको मृत्यु पछि देवरसंग विवाह गरेर उनी घर जाँदै थिइन् । घटनामा उनका वेहुला पति सहित सात नातेदार घाइते भएका छन्। एक दिन पनि सिउँदोमा सिन्दूर सजाउन नपाई वेहुलीको सडक दुर्घटनामा मृत्यु भएको छ ।
कायमगंजको शिवाला भवनमा बुधवार सामूहिक विवाह समारोह भएको थियो। फतेहगढको गाउँ नया नगला महरुपुर सहजु निवासी प्रदीप जाटवले दाजुको निधन पछि भाउजु किरणसंग विवाह गरेका थिए । यस पछि, परिवार कारमा घर फर्कदै थिए। साँझ ७ बजेतिर नवाबगंज प्रहरी चौकीको शुकरुल्लापुर गाउँ नजिकै तिब्र गतिमा रहेको कार अनियन्त्रित भई रूखमा ठो क्कि यो ।
यस दुर्घटनामा नवविवाहित किरण, प्रदीपका काकी सीमा, काका सतीश, लकी र चिब्रामऊको गाउँ कुबेरपुर बनवारी निवासी बहिनी ज्वाई नीरज, बहिनी प्रियंका र फतेहगढ गाउँ हुसेनपुर नौखण्डका निवासी सुरेशचन्द्र घाइते भए ।
विवाह कार्यक्रमबाट फर्केका अन्य जन्तीले घाइतेलाई बाहिर निकाले र निजी वाहनमा लोहिया अस्पतालमा भर्ना गरे। दुर्घटना पछि कार चालक घटनास्थलबाट फरार भयो। अस्पतालमा डा राजकिशोरले वेहुली किरणलाई मृ त घोषित गरे। अन्य घाइतेमध्ये चारजनाको अवस्था ग म्भी र थियो ।
चार व्यक्तिलाई उपचार पछि डिस्चार्ज गरियो। किरणको एक छोरो लकी छ। परिवारका सदस्यहरूको सहमतिले भाई प्रदीपसँग बिहे गर्ने निर्णय गरेका थिए ।
यो पनि,,,३ बच्चाले गाएको नेपाली गीत इन्डियामा भाइरल भएपछी अभिनेता अनुपमले स्टाटस नै लेखेर यस्तो भने
बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरहन पछिल्लो समय रोचक पोस्ट गरिरहन्छन्।
अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामाजिक सञ्जालमा बच्चाहरुसँग सम्बन्धित पोस्ट गरिरहन्छन्।
हालै उनले सडकमा गीत गाइरहेका तीन बच्चाको अत्यन्तै क्युट भिडियो शेयर गरेका छन्।
ती बच्चाको समूहलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बताएका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् ।
यो भिडियो शेयर गरी अनुपम खेरले लेखेका छन्-
‘सबैभन्दा बेस्ट म्युजिकल ब्याण्ड !! म यिनलाई वर्ल्ड टूरमा लैजान चाहन्छु। मेरो विचारमा यी बच्चाहरुले अस्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समयको सम्भावनाबारे गाइरहेका छन्। मलाई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन कठिनाईबाट गुज्रिरहेको छ त्यसबारे बताईरहेको छ । तर शायद हामी सबै ठिक हुनेछौँ।
सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् । म यिनलाई ग्रामी अवार्डको लागि नोमिनेट गर्न चाहन्छु र यिनलाई विजेता घोषित गर्छु । तपाई पनि सहमत हुनुहुन्छ नि ?’