श्रीमतीकै कारण एमाले बन्न नसकेका दुई कमरेड

लुम्बिनीका दुई कमरेड झण्डै ‘बा’ एमाले बनिसकेको चर्चा यतिबेला बुटवलतिर ब्यापक छ।

वर्षमान पुन र सुदर्शन बरालको ‘चलाख राजनीति’ले वाक्क–दिक्क भएका कुलप्रसाद केसी ‘सोनाम’ र बसन्त घर्तीमगरलाई मुख्यमन्त्री र मन्त्रीको आशमा एमालेभित्र पसाउने बालुवाटारले जोरजुलुम गरेको थियो ।तयारी तीव्र थियो,कुलप्रसादलाई मुख्यमन्त्री बनाउन शंकर पोखरेलसम्म राजी भैसकेका थिए। तर, तर आफ्नैले साथ नदिदा खाइपाइ आएको मन्त्री पद पनि छाडेर हिँड्नुपर्यो ।

शंकरसँग तीन वर्ष सँगै बस्दा मूल घर फर्किन तयार भएनन्,कुलप्रसाद।

देशभर प्रतिगमनको आगो बल्दै गर्दा श्रीमती रिसाउँदै रोल्पातिर हान्निइन्। श्रीमान भन्थे एमाले बनौँ,श्रीमतीले पटक्कै मानिनन्।

यो कथा कमरेड सोनामको हो। कमरेड ताराले रोल्पाका गाउँ–गाउँ पुगी प्रतिगमनको विरोध गरिन्। तर,सोनाम बुटवलमै बसे। अन्ततः श्रीमतीकै कारण माओवादीमा रहिरहे ।

पूर्वमन्त्री सोनाम नेकपा–ताका मुख्यमन्त्री पोखरेलका खास पात्र मानिन्थे । उनले गृहजिल्लाकै माओवादी केन्द्र नेताहरू वर्षमान पुन र कृष्णबहादुर महरालाई समेत टेरेनन्।

रोल्पाली ‘बा’ एमालेसँग मिलेर सोनामले खूब् गुट चलाए । केसीले पटक–पटक पुन र महरालाई उपेक्षा गर्दै तामझामसहित मुख्यमन्त्री पोखरेललाई ‘माओवादी किल्ला थबाङ’सम्म पुर्याए।

केसीका पिए प्रदीप कुवँर मुख्यमन्त्रीका पिएसँग ‘सोल्टी’ साइनो गाँस्दै खुब् मिल्छन्। कमरेड सोनामलाई एमाले बनाउने खेलमा प्रदीप अहिले पनि उत्तिकै सक्रिय रहेको वर्षमाननिकट एक नेताले बताए।

लुम्बिनीमा दोस्रोपल्ट प्रदेश प्रमुखको साथले टिकेको शंकर सरकार अहिले पनि संकटमा छ। अंक–गणित चल्दै गर्दा एमालेहरू माओवादी सांसद बसन्ततिर हान्निए। वार्ता र बार्गेनिङ शुरु भो ।

कुलप्रसादकी श्रीमतीले ‘माओवादी नै हुने हो,’ भनेपछि एमालेहरूले नयाँ पात्र ताकेका हुन्।

बसन्तले सांसद पदबाट राजीनामा दिने । अनि तत्कालै मन्त्री खाने, माओवादीको कारबाहीपछि उप–चुनाव गर्ने र खर्च सबै एमालेले ब्यर्होनेसम्मको कुरा मिलिसकेको वार्ता टोलीमा सहभागी माओवादीका एक नेता बताउँछन्।

सुदर्शन बरालले पार्टीभित्र ‘तीतो’ बनाएको कथा सुनाउँदा पनि बसन्तकी श्रीमतीले माओवादी नछाड्न चेतावनी दिइन्।

दुई चरणको वार्ता गरिसकेका बसन्त श्रीमतीकै कारण ‘बा’ एमाले हुन पाएनन्।

उनीहरूसँगै एमाले बन्ने तर्खर गरेका एक नेता भन्छन्, ‘माओवादी नेताका श्रीमतीहरू कडा हुने रहेछन्। कुलप्रसाद र बसन्त कमरेडलाई रोकेरै छाडे ।’ जनआस्था

उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि, निर्वाचन आयोगको बाहिर निस्केर राजेन्द्र महतोले गरे यस्तो घोषणा

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारीकता विवाद टुंगो लगाइदिएको छ ।

जसपाको आधिकारीकता उपेन्द्र यादव समुहले पाएको छ । आफ्नो हातवाट पार्टी गुमाएपछि अर्को पक्षका राजेन्द्र महतोले बोली फेरेका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निकै प्रशंसा गरेर सरकारमा सहभागी भएका उनै महतोले सोमवार ओलीले प्रतिगमनकारी काम गरेको बताएका छन् ।

ओलीले आफ्ना माग पुरा गरेको भन्दै उनी १८ दिन सरकारमा बसेका थिए । ओलीको वहिर्गमनसंगै उनले पार्टीवाट समेत हात धुनुपरेको छ ।

निर्वाचन आयोगले पार्टीको आधिकारीकता यादव पक्षलाई दिएकै दिन आयोगको आँगनवाट उनले ओलीलाई प्रतिगमनकारी भनेका छन् । उनले ओली र देउवा आफ्नालागि उस्तै भएको प्रतिकृया दिए ।

उनले सोमवारै अर्को वि’वादित अभिब्यक्ति पनि दोहोर्याएका छन् । नेपाल वहुल राज्य हो भन्दै दिएको अभिब्यक्तिका कारण उनी निकै आलोचित भएका थिए ।

त्यस लगत्तै आफ्नो अभिब्यक्ति सच्याएँ भनेर अभिब्यक्ति दिएका उनले सोही कुरा फेरी दोहोर्याएका छन् । उनले भने, ‘जनता अगाडि बढ्छन् । यो बहुल राष्ट्रिय राज्य सबैको देश हो । सम्पूर्ण नेपालीको देश हो । योचाहिँ संवैधानिक र व्यवहारिक रुपले पनि हामीले निर्माण गर्न सक्नुपर्छ ।’

जसपा नेता महतोले अगाडि भने, ‘हामीले पहिलेदेखि भन्दै आएको, हाम्रा लागि त सबै प्रतिगमनकारी नै हो नि त । काँग्रेस, एमाले माओवादी सब मिलेर प्रतिगमनकारी संविधान बनाएको होइन ?’ केपी ओली पनि प्रतिगमनकारी हुन् ।

निर्वाचन आयोगले यादव पक्षलाई आधिकारीकता दिएपनि आफु बिचलित नहुने उनले बताए । उनले अब आफुहरु जनतामा जाने घोषणा गरेका छन् । महतोले भने, ‘जनतामै जाने हो ।

दलसम्बन्धी, जनमतसम्बन्धी, जनाधारसम्बन्धी सम्पूर्ण निर्णय जनताले नै गर्ने हो । त्यसैले जनतामै जाने हो । उनले अहिलेको विभाजनलाई प्राविधिक विभाजन भनेका छन् । ५१ जना यादवको पक्षमा जाँदैमा पार्टी नै गएको भन्न नमिल्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button