शरीरमा आउने अनावश्यक रौंलार्ई कसरी नियन्त्रण गर्ने ?

सामान्यतया महिलाको अनुहार र हातखुट्टामा पनि कम मात्रामा रौं पलाउने गर्छ । केटाहरूको दारी आउँछ केटीहरूको आउँदैन । तर कतिपय केटीहरूको पनि जुँगाको रेखी बस्ने गालामा रौं पलाउने जस्ता समस्याले उनीहरूलाई सताइरहेको हुन्छ ।

यसलाई कसरी रोक्ने ? तल उल्लेख गरिएको छ ।

हर्सुटिज्म के हो ?

हर्सुटिज्म महिलाहरूमा हुने एक यस्तो स्थिति हो, जसमा अनुहार छाती र पीठमा पुरुषहरुको जस्तै अत्यधिक मात्रामा रौंहरू पलाउने गर्छ । एन्ड्रोजन नामक पुरुष हर्माेन अत्यधिक बढेपछि यस्तो समस्या सिर्जना हुन्छ ।

यसमा विशेष रूपले टेस्टोस्टेरोन हार्माेनले अहम् भूमिका खेल्ने गर्छ । यस्तो समस्या पुरुषमा समेत धेरै देखिन्छ । हर्सुटिज्मबाट छुटकारा पाउनको लागि प्रभावकारी उपचारको केही विकल्प पनि हुन्छ ।

हर्सुटिज्मको लक्षण

हर्सुटिज्ममा महिलाहरूको शरीरको केही यस्तो हिस्सामा बाक्लो किसिमले रौं पलाएको हुन्छ, जहाँ आम रुपले कपाल पलाउने गर्दैन । अनुहार छाती, पेटको तल्लो भागमा यस्तो रौं आउने गर्छ ।

एन्ड्रोजन नामक हर्माेनको स्तर बढ्ने र बिस्तारै अन्य लक्षण समेत विकसित हुँदा धेरैलाई झण्झट उत्पन्न भइरहेको हुन सक्छ । यस प्रक्रियालाई विरिलाइजेसन भन्ने गरिन्छ । विरिलाइजेसनको निम्न लक्षण हुन सक्छ ।

–आवाजमा भारीपन आउनु

–तालु खुइलिनु

–स्तनको आकार कम हुनु

–मांसपेशीमा वृद्धि हुनु

–क्लाइटोरिस बढ्नु

हर्सुटिज्मको कारण

हर्सुटिज्मको कैयौं कारणहरू हुने गर्छन् । जुन निम्नानुसार छन् ।

पोलिसिस्टिक ओवरी सिन्ड्म (पीसीओएस)

यो स्थिति प्रायः यौवन अवस्थामा सुरु हुने गर्छ । यसमा महिलाहरूमा सेक्स हर्मोनको सन्तुलन बिग्रन जान्छ । केही वर्षमा पीसीओएसको कारणले शरीरमा बिस्तारैबिस्तारै धेरै कपाल उम्रिन थाल्छ । अनियमित मासिक धर्म, मोटोपना, बाँझोपन र कहिलेकाहीँ अण्डाशयमा अल्सर हुने समस्या समेत हुन सक्छ ।

कुसिङ सिन्ड्रम

यो कारण त्यतिबेला हुन्छ, जतिबेला कुनै पनि व्यक्तिको शरीरमा कोर्टिसोलको स्तर धेरै हुने गर्छ । यो प्रेडनिसोन जस्तो औषधिको लामो समयसम्म सेवन गर्ने या एड्रेनल ग्रन्थीद्वारा अत्यधिक कोर्टिसोल बन्ने कारण हुन सक्छ ।

कन्जेनाइटल एड्रेनल हाइपरव्लासिया

यो एक आनुवांशिक स्थिति हो । जसमा एड्रेनल ग्रन्थीहरूद्वारा कोर्टिसोल र एन्ड्रोजन सहित स्टेराइड हर्माेनको असामान्य रूपले उत्पादन हुन सक्छ ।

ट्युमर अण्डाशय या एड्रेन ग्रन्थीहरूमा ट्युमर समेत कैयौं पटक हर्सुटिज्मको कारण बन्न सक्छ ।

हर्सुटिज्मबाट कसरी बच्ने ?

आमृपमा हर्सुटिज्मलाई रोक्न सकिँदैन । तर यदि तपाईं धेरै तौलको हुनुहुन्छ भने वजन कम गर्नको लागि हर्सुटिज्मलाई नियन्त्रण गर्नमा मद्दत मिल्ने गर्छ । यो पोलिसिस्टिक ओभरी सिन्ड्रोमको स्थितिमा समेत धेरै जरुरी हुन्छ ।

हर्सुटिज्मको औषधि

आवश्यकभन्दा धेरै कपालबाट छुटकारा पाउनको लागि यस्तो तरिका पनि अपनाउन सकिन्छ ।

कपाल खौरनु

रेजर या अन्य मेसिनको प्रयोग गरेर अनावश्यक रौंलाई सजिलै हटाउन सकिन्छ । धेरै कपाल हटाउनको लागि दैनिक खौरनु आवश्यक पर्छ । यदि रौं खुर्कँदा छालामा जलनको महसुस हुन्छ भने क्रिम लगाउन सक्नुहुन्छ ।

थ्रेडिङ

कपाललाई जरैदेखि उखेल्नको लागि अलगअलग तरिका अपनाउन सकिन्छ । यदि तपाईं चिम्टाको उपयोग गरेर या प्रक्रियागत हिसाबले थ्रेडिङ गरेर पनि अनावश्यक कपाल निकाल्न सक्नुहुन्छ । तर यी तरिकाले छालामा धेरै दुखाइ हुन्छ ।

वाक्सिङ

अनावश्यक रौंलाई हटाउनको लागि वाक्सिङ विधि पनि उपयोगी हुन्छ । यस प्रक्रियाले लामो समयसम्म कपाल नआउने र अतिकम मात्रामा कपालको विकास हुने गर्छ ।

क्रिमको प्रयोग

कतिपयले क्रिमको प्रयोग गरेर पनि शरीरको विभिन्न भागमा आएको रौंलाई नियन्त्रण गर्ने गरिन्छ । यसलाई डेपिलाडोरिज भन्ने गरिन्छ । यो क्रिम संवेदनशील छालाको लागि नोक्सानदायक हुने गर्छ ।

यसको लागि धेरै मात्रामा क्रिमको उपयोग गर्नुपूर्व आफ्नो छालामा त्यो कति उपयोगी छ ? भन्ने बारेमा जानकारी लिनु आवश्यक छ ।

छालामा आउने सेतो दाग के हो ? यसबाट कसरी बच्ने ?

कहिलेकाहीँ हाम्रो शरीरको विभिन्न भागको छालामा  अस्वाभाविक सेतो दाग देखिन सक्छ । दाग कालो होस् या सेतो । स्वाभाविकभन्दा फरक भएपछि जस्तोसुकै दागले पनि सुन्दरतामा असर गर्छ ।

छालामा रंगको निर्माण गर्ने कोशिकाहरू नष्ट भएपछि दाग देखिने समस्याहरूको सिर्जना हुन्छ । यी कोशिकाहरूलाई मेलेनोसाइट्स भन्ने गरिन्छ । सेतो दागले आँखालाई समेत प्रभावित गराउन सक्छ ।

सेतो दागको संकेत र लक्षणमा छालाको रंग खराब हुनु या सेतो हुनु, शरीरको कुनै पनि भागको छालामा दाग उत्पन्न हुनु आदि रहेका हुन्छन् । यस्तो दाग शरीरको एक भाग या धेरै भागमा पनि देखिन सक्छ ।

सेतो दागको प्रकार

सेतो दाग कतिको गाढा हुन्छ भन्ने आधारमा त्यसलाई विभिन्न प्रकारमा विभाजन गर्ने गरिन्छ ।

१ शरीरको केवल एक हिस्सा या कुनै भागमा हुने दाग

बिटिलिगोको यस प्रकारलाई सेगमेन्टल विटिलिगो भन्ने गरिन्छ । यो खासगरी कम उमेरका मान्छेमा हुने गर्छ । जो एक या दुई वर्षसम्म बढ्ने गर्छ र फेरि बन्द हुने गर्छ ।

२ शरीरको एक हिस्सामा देखिने दाग

यसप्रकारको विटिलिगोलाई स्थानीयकृत विटिलिगो भन्ने गरिन्छ ।

३ शरीरको कैयौं हिस्सामा हुने

सेतो दागको सबैभन्दा सामान्य प्रकार भनेको सामान्यकृत विटिलिगो हो । भनिन्छ कि यसमा शरीरको कुनै पनि भागमा भएको सेतो दाग, शरीरको अन्य भागमा फैलिन लागेको हुन्छ ।

सेतो दागका मुख्य लक्षणहरू

सेतो दागका मुख्य लक्षणहरू छालाको रंगको केहीकेही ठाउँमा फिक्का पर्नु आदि हुन्छ । आमरूपमा यस रोगबाट बच्नको लागि सूर्यको किरणलाई आवश्यकताभन्दा धेरै आफ्नो छालामा पर्न दिनु हुँदैन । यसका अलावा सेतो दागको लक्षणमा निम्न कुरा समेत सामेल हुन्छन् ।

१. छालाको रंग फिका हुँदै जान्छ या सेतो हुँदै जान्छ ।

२ समयभन्दा पहिले टाउकोको कपाल दारी, आँखीभौं वा परेला आदिको रंग उड्ने या सेतो हुने गर्छ ।

३ नाक र मुखको भित्र छालाको रंग उड्दै जान्छ ।

४ नेत्रगोलक यानी रेटिनाको भित्रको रंग फिका हुँदै जान्छ ।

सेतो दागका कारण शरीरमा कस्तो कस्तो अन्य रोगको सम्भावना हुन्छ ? भन्ने कुरा बताउन मुस्किल हुन्छ । कैयौं पटक बिनाकुनै उपचार नै नयाँ दाग बन्न पनि हुने गर्छ । तर धेरैजसो सेतो दाग बढ्दै जाने सम्भावना धेरै हुन्छ । यो बिस्तारै लगभग शरीरको सबै हिस्सामा फैलिन पुग्छ । यस्तो धेरै मामला थियो, जसमा छालामा पुरानै जस्तो रंग फिर्ता पाउनमा सफल हुने गर्छ ।

सेतो दागका कारणहरू

–विभिन्न कारणले शरीरमा सेता दागहरू आउने गर्छ

–एक यस्तो विकारको अवस्थामा शरीरको प्रतिरक्षा प्रणाली स्वयंले रंग उत्पादन गर्ने कोशिकाहरूलाई नष्ट गरिदिन्छ ।

२ स्वप्रतिरक्षित रोग जस्तै स्वप्रतिरक्षित थाइराइड रोग या टाइप १ डायविटिजको प्रभाव पनि पर्न सक्छ ।

३ छालामा अत्यधिक गर्मी हुनु, तनाव या औद्योगिक केमिकल्स आदिको सम्पर्कमा आउनु पनि सेतो दागका कारणहरू हुन् ।

४ परिवारमा पहिले कसैलाई यस्तो समस्या हुनु ।

सेतो दागबाट बच्ने उपाय

तल केही टिप्स बताइएको छ जसले सेतो दागबाट बच्ने उपाय सिकाउँछ ।

१. आफ्नो छालालाई सूर्यको किरण र अन्य युभी लाइट जस्तो स्रोतबाट बचाउनुपर्छ । यदि तपाईं विटिलाइगोबाट ग्रस्त हुनुहुन्छ या विशेष रूपले तपाईंको छालाको रंग कसैगरी फिका भयो भने एक ब्रोड स्पेक्ट्रम र वाटर रेसिस्टेन्ट सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सनस्क्रिनलाई पर्याप्त मात्रामा लगाउने र यदि तपाईं पसिना आइरहेको छ या पानीमा काम गर्नुपर्छ भने हरेक २ घण्टामा यसलाई लगाइराख्नुपर्छ ।

२ प्रभावित छालालाई जोगाउनु

खासगरी जब विटिलाइगोको दाग छालाको बाहिर देखिने भागमा हुन्छ, त्यस्तो अवस्थामा दागलाई नदेखिने बनाउन विभिन्न किसिमका औषधिको प्रयोग गर्न सकिन्छ । जसले छिटै छालाको समस्या समाधान गर्न मद्धत गर्छ । आफ्नो छालाको बनोटको आधारमा मेल खाने रंग खोज्नको लागि कैयौं ब्राण्डका प्रोडक्टहरूको प्रयोग गर्न सकिन्छ ।

३ ट्याटुको प्रयोगमा रोक

शरीरमा ट्याटु नबनाउनु या बनाउनु विटिलाइगोको उपचारसँग सम्बन्धित छैन । तर भयावह कुरा यो हो कि टाटुबाट छालालाई भने ठूलो क्षति पु¥याउँछ । टाटुबाट प्रभावित छालामा कैयौं पटक २ हप्ताभित्र सेतो दाग सम्बन्धी समस्या पनि निम्त्याउन सक्छ ।

सेतो दागको उपचार

सेतो दागको उपचारको लागि विभिन्न उपचार विधि अपनाउन सकिन्छ । एकातर्फ मेडिकल विधिमार्फत् यसको उपचार गर्न सकिन्छ भने अर्काे तर्फ घरेलु एवं सौन्दर्य प्रसाधनमार्फत पनि उपचार गर्न सकिन्छ । जुन निम्नानुसार छन् ।

१ दागमा लगाउने क्रिमको प्रयोग

२ खानको लागि औषधि

३ एक उपचार जसमा प्लस अल्ट्रा वायोलेट लाइटको उपयोग गर्ने गरिन्छ ।

४ यदि दाग ज्यादातर शरीरमा फैलिइसकेको छ । बाँकी शरीरको हिस्साले समेत रंग उतार्न सकिन्छ । ताकि असामान्य हिसाबले कम गर्न सकिन्छ ।

सर्जिकल उपचारलाई पनि यसको समाधानको लागि सामेल गर्न सकिन्छ । अन्य उपचारमा परामर्श र समर्थन, सनस्क्रिन एवं प्रशाधन सामग्री जस्तो मेकअपले पनि सेतो दागलाई रोक्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button