शरीरको विषाक्त पदार्थ कसरी निकाल्ने ?
प्रकृतिले हामीलाई जीवन जीउने एउटा ढंग सिकाएका छन् । त्यसैले त हामीले प्रकृतिका तीनै नियमहरु अनुसार आफ्नो जीवन व्यतित ग¥यौं भने हामीलाई जीवनमा स्वास्थ सम्बन्धि कुनै पनि समस्याको सामना गर्नु पर्दैन ।
हाम्रो शरीरमा जम्मा भएका टक्सिन (विष) हरु नै विभिन्न प्रकारका रोगहरुका कारण बनिरहेका हुन्छन् । ती टक्सिनहरुलाई शरीरबाट बाहिर निकाल्न अति नै अनिवार्य हुन्छ ।
शरीरमा किन जम्मा हुन्छ विष ?
हामी जे खान्छौं, त्यसलाई पचाउनका लागि समय लाग्छ । हरेक भोजनलाई पच्नका लागि एउटा विशेष समय लाग्ने गर्दछ । जस्तो हामी जुन रोटी खान्छौं अर्थात गहुँको रोटी, त्यसलाई शरीरमा पच्नका लागि करिव १८ घण्टा चाहिन्छ ।
हामी जुन फल खान्छौं, त्यसलाई पचाउनका लागि कम्तिमा ३–४ घण्टा लाग्छ । त्यस्तो बेला यदि तपाईं आफ्नो शरीरमा टक्सिन जम्मा नहोस् भन्ने चाहनु हुन्छ भने पहिलो भोजन पचेपछि मात्र दोस्रो भोजन सेवन गर्नु पर्छ ।
हामी जे खान्छौं, त्यो हाम्रो शरीरमा पुरै ३ सर्कलपछि शरीरबाट बाहिर निस्कन्छ । सबैभन्दा पहिला खाना हाम्रो पेटमा जान्छ । त्यसपछि त्यो हाम्रो आन्द्रासम्म पुग्छ । त्यसपछि त्यो शरीरबाट बाहिर निस्कन्छ ।
यो सम्पूर्ण प्रकृयालाई फलो गर्नका लागि शरीरलाई निश्चित समयको आवश्यकता पर्दछ । गहुँको रोटी पच्नका लागि १८ घण्टा लाग्छ ।
यदि तपाईंले खाइसकेको रोटी पच्नुभन्दा अघि नै तपाईंले अरु कुनै खाना खानु भयो भने त्यसलाई शरीरले विषको रुपमा ग्रहण गर्छ, जुन पछि गएर बोसोमा परिवर्तन हुन्छ ।
बोसोमात्र होइन, यदि तपाईंले ती टक्सिनहरुलाई समयमै शरीरबाट बाहिर निकाल्नु भएन भने त्यही विष नै भविष्यमा गएर विभिन्न प्रकारका गम्भिर बिरामीहरुको कारण समेत बन्ने छ ।
आज सामान्यतया महिलाहरुमा सिष्टको समस्या सामान्य हुन थालिसकेको छ । त्यसको एउटा ठूलो कारण शरीरमा टक्सिनहरु जम्मा हुनु पनि हो । जब शरीरको पाचन प्रकृया (आन्द्रा) मा टक्सिनहरु जम्मा हुन थाल्छन्, त्यो हार्ट ब्लकेज, हाई कोलेस्ट्रोल लेभल तथा क्यान्सरसम्मको समस्याको कारण बन्न पुग्छ ।
हो, क्यान्सर हुनुको एउटा विशेष कारण टक्सिन नै हो, जसलाई समयमै शरीरबाट बाहिर निकाल्न सकिएन भने बिस्तारै–बिस्तारै शरीर जम्मा हुन थाल्छ र एउटा समय आएपछि क्यान्सर जस्तो रोगलाई जन्म दिन्छ ।
कसरी हटाउने टक्सिन ?
शरीरबाट टक्सिनहरुलाई हटाउनु कुनै ठूलो कुरा होइन । त्यसका लागि तपाईंले केवल तीन वटा कार्यहरुलाई अपनाउनु पर्छ ।
–उपवास अर्थात ब्रत ।
—पानी पट्टी
—एनिमा
सबैभन्दा पहिला कुरा गरौं उपवास अर्थात ब्रतको बारेमा । नेपालमा मात्रै होइन, विश्वभरीका धार्मिक ग्रन्थहरुमा ब्रतलाई विशेष महत्व दिइएको छ । तर, शास्त्रहरुका अनुसार हप्तामा अथवा महिनामा एक पटक मात्रै व्रतलाई मान्यता प्राप्त छ ।
तर, शरीरलाई टक्सिनहरुबाट मुक्त राख्नका लागि तपाईंले हरेक दिन व्रत बस्नु पर्छ । हरेक दिन ब्रत बस्नुको अर्थ पहिलो भोजन पचेपछि मात्र दोस्रो भोजन गर्नु पर्छ ।
यदि तपाईंले बिहानको खाजामा गहुँको रोटी अथवा परौडा खानु भएको छ भने तपाईंले दिउँसो केवल फलफूल अथवा तरकारीको जूसमात्र सेवन गर्नु पर्छ । ध्यान राख्नु पर्ने कुरा के छ भने तपाईंले जूस जहिले पनि फलफूलको होइन, सब्जिहरुकै पिउनु पर्छ ।
र, यदि तपाईंले राति ८–९ बजेको समयमा डिनरमा गहुँको रोटी तथा तरकारी अथवा दाल खानु भएको छ भने भोलिपल्ट बिहान ११–१२ बजेसम्म केही पनि खानु पर्ने आवश्यकता छैन । यसो गर्नाले तपाईंको शरीरले प्राकृतिक रुपले नै ब्रत बस्नेछ ।
के कुराको कोशिश गर्नु पर्छ भने रातिको खाना साँझ ६–७ बजेसम्म खाइसक्नु भयो भने उत्कृष्ट हुनेछ । त्यसपछि बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला कुनै पनि एक अथवा दुई सब्जिको जूस पिउनु पर्छ । यो तपाईंको शरीरलाई डिटक्सिफाई (विषरहित) गर्ने सबैभन्दा सजिलो तरिका हो ।
अब कुरा गरौं पानी पट्टीको
शरीरलाई भित्रैबाट विषरहित अर्थात डिटक्सिफाई गर्नुका साथ–साथै तपाईंले बाहिरबाट पनि यसलाई डिटक्सिफाई गर्न सक्नु हुनेछ । त्यसका लागि तपाईंलाई तीन वटा पानी पट्टीको आवश्यकता पर्नेछ ।
कुनै पनि मलमलको कपडालाई आफ्नो कम्मरको आकार जत्तिकै काट्नु पर्छ । आफ्नो कम्मरको आकार अनुसार तथा ८–९ इन्च चौडा पट्टी काटेर चीसो पानीमा भिजाउनु पर्छ ।
त्यस्तै, आफ्नो टाउको र गर्दनको आकारका दुई पट्टीहरु पनि काट्नु पर्छ । तीनै वटा पट्टीलाई चीसो पानीमा ठुबाउनु पर्छ । मलमलको पट्टीलाई भिजाएपछि राम्ररी निचोर्नु पर्छ र त्यसलाई आफ्नो कम्मर, गर्दन तथा टाउकोमा बा“ध्नु पर्छ ।
पानी पट्टीको फाइदा
पानी पट्टीहरुलाई १५–२० मिनेटसम्म बाँध्नु पर्छ । त्यसो गर्नाले तपाईंको शरीरका ती तीन भाग चिसो तथा बा“की भाग तातो हुन थाल्छन् । त्यसपछि के हुन्छ भने तपाईंको शरीर कहिं तातो तथा कहिं चिसो हु“दा रक्त सञ्चार उत्कृष्ट शैलीमा हुन्छ ।
जसले शरीरमा जम्मा भएको फोहोरलाई रगतको सहयोगले हल्लाउन सकिन्छ, खासगरी आन्द्रामा जम्मा भएका सबै फोहोरीहरु निकै छोटो समयमै सफा हुन थाल्छ र तपाईंको शरीर डिटक्सिफाई हुन थाल्छ ।
तपाईंले यो प्रकृयालाई हप्तामा दुईदेखि तीन पटक गर्न सक्नु हुनेछ । यदि तपाईंले यसलाई बिहान खालि पेटमा गर्नु भयो भने अझ राम्रो हुनेछ, तर दिनको कुनै पनि समयमा गरे पनि फरक पर्दैन । यो उपायलाई अपनाउनाले पेटमा जम्मा भएको अतिरिक्त बोसो पनि केही दिनमै घट्ने निश्चित छ ।
अब कुरा गरौं एनिमाको
एनिमा गर्नका लागि बजारबाट एनिमा उत्पादन ल्याउनु पर्छ । कुनै पनि औषधि पसलमा यो उत्पादन सजिलै उलब्ध हुन सक्छ । उक्त उत्पादनको सहयोगले तपाईंले आफ्नो मलाशयमार्फत शरीरबाट टक्सिनहरुलाई हटाउन सक्नु हुन्छ ।
एनिमा उत्पादनमा एउटा जार र पाइप तपाईंलाई दिइन्छ, जसमा पानी भरेर तपाईंले त्यसलाई बाथरुमको कुनै अग्लो स्थानमा राख्नु पर्छ, आफू भने तल बसेर अगाडितर्फ झुकेर पाइपलाई दुई इन्च सम्म आफ्नो मलाशयमा हाल्नु पर्छ, जसबाट पानी तपाईंको शरीर भित्र पस्नु पर्छ ।
त्यसक्रममा आधा जारभन्दा बढी पानी लिनु हुँदैन । पानी भित्र पसेपछि तपाईं उभिनु पर्छ, २–३ मिनेटसम्म बाथरुममै यता–उति हिंड्नु पर्छ । जब दवाव महसुस हुन थाल्छ, तुरुन्त पिसाव फेर्नु पर्छ । पिसावमार्फत तपाईंको शरीरको फोहोर बाहिर निस्किरहेको हुनेछ ।
सावधान हुनु पर्ने तरिका
एनिमा प्रकृया केवल तपाईंलाई जानकारी दिनका लागि बताइएको हो । यसलाई आफैंले घरमा प्रयोग नगर्नु होला । आयुर्वेदिक चिकित्सकहाँ मसाज थेरापी अथवा बडी डिटक्सिफाईको उपचार गरिन्छ ।
उनीहरुकहा“ गएर केही समय अभ्यास गरेपछि मात्र त्यसलाई घरमा गर्ने निर्णय गर्नु पर्छ । आफ्ना स–साना बालबालिका तथा वृद्ध–वृद्धालाई पनि घरमा यो उपाय प्रइोग नगर्नु होला । सम्भव भए सम्म माथि उल्लेखित दुई उपायहरु अपनाउने प्रयास गर्नु होला ।
यो पनि,,,, कसरी बढाउने आफ्नो रोगसँग लड्ने क्षमता ?
हरेक मानिससँग कुनै पनि रोगसँग लड्ने क्षमता फरक फरक हुन्छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएका मानिसहरु कम बिरामी हुन्छन् भने यो क्षमता कम भएका मानिसलाई धेरै रोग लाग्छ भन्ने धेरैलाई थाहा भएकै कुरा हो ।
तर, कसरी रोगसँग लड्ने क्षमता बढाउने र त्यसमा कसरी सुधार गर्ने भन्ने कुरा धेरैलाई थाहा हुँदैन । साथै, यो धेरै मानिसको चासोको विषय पनि हो ।
केले बढाउँछ रोगसँग लड्ने क्षमता ?
मानिसको जीवनशैलीले प्रत्यक्षरुपमा रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । तर, खानेकुरा, शारीरिक अभ्यास, उमेर, मनोवैज्ञानिक दबाब र अन्य विभिन्न पक्षको सकारात्मक असर रोगसँग लड्ने क्षमतामा पर्छ ।
यस्तोमा रोगसँग लड्ने क्षमता बढाउन स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
रोगसँग लड्ने क्षमता बढाउने स्वस्थकर उपायहरु :
स्वस्थकर जीवनयापनको लागि यी उपाय अपनाउनु राम्रो हुन्छ :–
– धुम्रपान नगर्नु
– तरकारी र फलफूल खानु
– नियमित शारीरिक अभ्यास
– तौल सन्तुलनमा राख्नु
– अल्कोहल ठिक मात्रामा मात्र खानु
– पर्याप्त सुत्नु
– राम्रोसँग हात धुने र राम्ररी पाकेको खानेकुरा मात्र खाने
– तनाव कम गर्ने प्रयास
प्रतिरक्षा प्रणाली र उमेर
उमेरसँगै मानिसको रोगसँग लड्ने क्षमता पनि कमजोर बन्दै जान्छ । यसले मानिसलाई धेरै रोगको संक्रमण हुन्छ र यसले क्यान्सरसम्मको जोखिम बढाउँछ । धेरै अध्ययनले पनि युवा अवस्थामाभन्दा बृद्ध हुँदै गए पनि कुनै पनि रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ ।
६५ वर्षभन्दा बढी उमेरका मानिसको मृत्युको कारण इन्फ्लुएन्जा, श्वासप्रश्वासको संक्रमण र निमोनिया छन् । वृद्ध मानिसमा कुनै पनि रोगको संक्रमण भए पनि त्यसबाट निको हुन पनि गाह्रो हुने अध्ययनले देखाएको छ ।
इन्फ्लुएन्जाको खोप पनि ६५ वर्षभन्दा बढी उमेरका मानिसमा कम प्रभावकारी देखिएको थियो ।
यस किसिमको खोप स्वस्थ बालबालिकामा भने निकै प्रभावकारी हुने गरेको छ । कम प्रभावकारी भए पनि यस किसिमको खोपले वृद्ध मानिसको मृत्यु तथा बिरामि हुने दरमा पनि कमी आएको छ ।
खानेकुरा र प्रतिरक्षा प्रणाली
प्रतिरक्षा प्रणाली राम्रो हुन मानिसको आहार पनि राम्रो बन्न सक्छ । राम्रो, नियमित पौष्टिक आहारले मानिसको प्रतिरक्षा प्रणाली पनि राम्रो बन्न पुग्छ । वैज्ञानिकहरुका अनुसार गरिबीको रेखामुनि रहेका र पौष्टिक तत्वको अभावको सामना गरेका मानिसमा कुनै संक्रामक रोगसँग लड्नसक्ने क्षमता पनि कम हुन्छ ।
पौष्टिक आहारमा पाइने जिंक, सेलेनियम, आइरन, फोलिक एसिड र भिटामिनहरुले मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
तनाव र प्रतिरक्षा प्रणाली
मानिसमा लाग्ने धेरै रोगको सम्बन्ध उनीहरुले लिने तनाव निर्भर हुने गरेको छ । मानिसको तनावको कारण पेट दुख्ने, मुटुको रोग लगायतका समस्या लाग्नसक्छ ।
तनावको र मानिसको प्रतिरक्षा प्रणालीको विषयमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । तर, मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउन तनाव कम गर्दै जानुपर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
शारीरिक अभ्यास
स्वस्थ जीवनको लागि नियमित अभ्यास सबैभन्दा महत्वपूर्ण आधार हो । यसले मानिसको स्वास्थ्यमा सुधार हुने गरेको छ । नियमित अभ्यासले मानिसको रक्तचाप कम गर्ने, तौल सन्तुलनमा राख्ने र अन्य विभिन्न किसिमको रोगबाट बचाउँछ ।
नियमित अभ्यासले पनि स्वस्थकर खानाले जस्तै मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न सहयोग पुर्याउँछ ।
यो पनि,,, किन बढ्छ अचानक मुटुको चाल ?
मुटुको धड्कन छिटो-छिटो भयो भने वा अस्वभाविक धिमा भयो भने त्यसलाई राम्रो मानिदैन । यसले गंभिर रोगको संकेत गर्छ । मुटुको चालमा गडबडी भएमा त्यसले फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्कलाई समेत प्रभावित बनाउँन सक्छ ।
सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०-९० प्रति मिनेट हुन्छ । यदि हार्ट रेट बढेर १०० बिट्स प्रति मिनेटभन्दा बढी भएमा त्यसलाई सामान्य मान्न सकिदैन ।
यदि हामी मुटुका रोगी छौ भने मुटुको विद्युतिय प्रणाली प्रभावित हुन्छ र धड्कन तिब्र हुन्छ । यदि सामान्य अवस्थाका व्यक्ति छौं भने विद्युतिय संकेतमा खराबी भएर टेककार्डियाको समस्या भएको हुनसक्छ ।
इनएप्रोप्रीएट साइनस टेककार्डिया
यो मुटु सम्बन्धित एक समस्या हो । टेककार्डिया, शरीरको सामान्य प्रतिक्रियाको हिस्सा हुनसक्छ । अक्सर चिन्ता, ज्वरो वा रक्तश्राव आदिको अवस्थामा मुटुको गति बढ्छ ।
अन्या अवस्थामा मुटुको चाल तिब्र भयो भने त्यसले थाइराइड वा हाइपरथाइराइडिज्मको संकेत गर्छ । कहिले काहिँ निमोनिया हुँदा सास फेर्न समस्या हुन्छ, त्यसबेला पनि मुटुको चाल तिब्र हुन्छ ।
रोगको लक्षण
टेककार्डिया साइनस र नन साइनस दुई प्रकारको हुन्छ । साइनस टेककार्डिया एप्रोप्रीऐट साइनस टेककार्डिया र इनएप्रोप्रोएट साइनस टेककार्डिया दुई प्रकारको हुन्छ ।
यस्तो समस्यामा मुटुको चाल तिब्र हुने, छाती दुख्ने, थकान अनुभव हुने, पसिना आउने लक्षण देखापर्छ ।
रोगको उपचार
आइएसटीका रोगीले शारीरिक श्रम गर्नु हुँदैन । इनएप्रोप्रीएट साइनस टेककार्डिया लामो समयसम्म रहने समस्या हो । यसैले यसको उपचार क्रमिक रुपमा गर्नुपर्ने हुन्छ ।
आइएसटीको उपचार औषधी वा ओपन हार्ट सर्जरीद्वारा गर्न सकिन्छ । तर, ओपन हार्ट सर्जरीको अवस्था त्यती आएको देखिदैन । चिकित्सकले औषधीद्वारा नै यसको उपचार गर्दै आएका छन् ।
यदि इनएप्रोप्रीएट साइनस टेककार्डियाको कुनै लक्षण आफ्नो शरीरमा लगातार २४ घण्टासम्म रहेमा शरीरको चेकजाँच गराउनुपर्छ । चिकित्सकको परामर्श लिनैपर्छ ।
यो पनि,,,कसलाई हुन्छ क्यान्सरको जोखिम ?
क्यान्सरका थुपै कारण हुन सक्छन्, तर सबैभन्दा ठूलो कारण भनेको हाम्रो जीवनशैली र खानपिन नै हो । त्यसैले यसबाट बच्नका लागि आफ्नो जीवनशैलीमा परिवर्तन आवश्यक छ ।
जिवित रहँदासम्म हाम्रो शरीरमा जीवन सम्वन्धी कयौं क्रियाहरु चलिरहन्छन् । यसैमध्ये एउटा क्रिया कोशिकाहरु अर्थात् सेल्स बन्नु हो । यो क्रियामा शरीरका पुराना र मृत कोशिकाहरु आफै नष्ट भइरहन्छन् तर तिनको स्थानमा नयाँ कोशिकाहरु बनिरहन्छन् ।
यो प्रक्रिया हाम्रो शरीरमा सँधै चलिरहन्छ ।
तर, क्यान्सर भएको अवस्थामा शरीरमा रेड ब्लड सेल्स र ह्वाइट ब्लड सेल्स अनावश्यकरुपमा बढ्न थाल्छ । यी क्यान्सरका कोशिकाहरु बिस्तारै-बिस्तारै शरीरमा फैलिन्छन् र स्वस्थ कोशिकाहरुको काममा पनि बाधा पुग्छ । यीनै रोगी कोशिकाहरुलाई क्यान्सर भनिन्छ ।
हाम्रो शरीरमा पनि कम्प्युटरमा जस्तै धेरै प्रकारका कोडिङ हुन्छन्, जुन जिनको माध्यमबाट हाम्रो बुवाआमाद्वारा हाम्रो शरीरमा आउँछन् । चुरोट, सुर्ति, नशालु पदार्थ तथा गलत खानपानको कारणले हाम्रो कोशिकाहरुको जेनेटिक कोड बदलिन्छ र यही हाम्रो शरीरमा क्यान्सरको कारण बन्छ ।
त्यसैले क्यान्सरबाट बच्न हाम्रो जीवनशैलीमा अलिकति परिवर्तन आवश्यक छ ।
सुर्तिको सेवन तुरुन्त छाडौं
कुनै पनि प्रकारको क्यान्सरको खतरा सुर्ति खाने तथा चुरोट पिउने व्यक्तिहरुमा अत्यधिक हुन्छ । त्यसैले क्यान्सर जस्तो गम्भीर रोगबाट बच्नु छ भने सुर्तिजन्य पदार्थको प्रयोग तुरुन्तै बन्द गर्नुपर्छ ।
चुरोट पिउँदा फोक्सोको क्यान्सर, किड्नीको क्यान्सर ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ ।
सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।
बिडी वा चुरोट
बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् ।
चुरोट वा बिँडी सेवन नगर्ने तर अरुले फालेको धुवाँको सम्पर्कमा निरन्तर बसिन्छ भने पनि खतरा त्यत्तिकै हुन्छ जति पिउने व्यक्तिलाई ।
शरीरलाई फुर्तिलो राख्ने र तौल नियन्त्रण
शरीरको वजन अनियन्त्रितरुपमा बढ्नु पनि क्यान्सर र यस्ता कैयन गम्भीर रोगको कारण हुन सक्छ । वजनलाई नियन्त्रणमा राख्नका लागि तपाईंले हरेक दिन शारीरिक परिश्रम गर्नु आवश्यक छ ।
दिनभरी एकै ठाउँमा बसेर काम गरिन्छ भने बिहान वा बेलुका समय निकालेर आधा घन्टा ब्यायाम गर्ने गरौं ।
शरीरको फिटनेसकालागि यो आवश्यक छ कि जति क्यालोरी खानामा लिइन्छ, त्यसको प्रयोग हुनुपर्छ, अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ ।
पौष्टिक खानेकुरा खाने
शरीरलाई रोगबाट बचाउनका लागि, फिटनेसका लागि र दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक हुन्छ । पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ प|mुट्स हो । यसका अलावा पनि खाने हो, त्यसको गुणस्तर र सरसफाईमा ध्यान दिनुपर्छ ।
घरमा प्रयोग हुने तेल, मसला र रासनको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । फलफुल खरिद गर्दा तिनीहरुलाई पकाउनका लागि कुनै केमिकल प्रयोग गरिएको छ कि छैन भन्ने हेर्नुस ।
मिसावटयुक्त र केमिकलयुक्त दूध तथा यसबाट बनेको पनिर, मिठाई र व्यञ्जनको प्रयोगले पनि शरीरलाई कयौं प्रकारले नोक्सानी पुर्याउँछ । खानामा बढिभन्दा बढि गेडागुडी र दालको प्रयोग गरौं ।
बाहिरका जंक फुडहरुमा क्यालोरीको मात्रा पनि बढि हुन्छ र यसमा स्वाद बढाउनका लागि कैयौ हानिकारक तत्वहरु प्रयोग गरिएको हुन्छ । त्यसैले शरीरलाई आवश्यक मात्रामा मात्र पौष्टिक आहार लिनुपर्छ
घामका हानिकारक किरणहरुबाट बच्ने
सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् ।
यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।
सनस्त्रिmनले केही हदसम्म यी हानिकारक किरणहरुको प्रभावबाट बचाउँछ । तर, यसका अलावा घाममा निस्कदा आफ्नो पुरा शरीरलाई ढाक्नु उपयुक्त हुन्छ ।
आँखालाई यी हानिकारक किरणहरुबाट बचाउनका लागि सनग्लास लगाउने र बढि गाढा रंगका लुगा लगाउनुपर्छ ।
अल्कोहल खतरनाक हुन्छ
शरीरका लागि आवश्यकताभन्दा बडि अल्कोहल खतरानक हुन्छ र यसले क्यान्सरको पनि खतरा उत्पन्न गर्छ । अल्कोहल बढि मात्रामा लामो समयसम्म सेवन गर्दा फोक्सोको क्यान्सर, स्तन क्यान्सर र गुदा क्यान्सर हुने सम्भावना बढ्छ । त्यसैले अल्कोहलको सेवन आजैबाट त्यागौं ।