शरीरको तापक्रम र श्वासप्रश्वासको गति आफैँले कसरी नाप्ने ?

मान्छेलाई बिरामी हुन लागेको संकेत उसका शारीरिक अंगहरूले दिने गर्छन् । मान्छेले आफैँ कमजोर महसुर गर्ने र विभिन्न किसिमका दुखाइबाट हामीले शरीरमा स्वास्थ्य समस्याबारे पहिचान गर्न सक्छौं ।

जब कुनै व्यक्ति बिरामी हुन्छ वा उसलाई स्वास्थ्य समस्या आइपर्छ तब उसका प्रमुख शारीरिक (भौतिक) चिह्नहरूमा परिवर्तन आउन थाल्छ । त्यही शारीरिक चिह्नहरूमा हुने परिवर्तनबाट हामीले उसको स्वास्थ्य समस्या पहिचान गर्न सक्छौं ।

गाउँघरमा जसरी निधार छामेर ज्वरो पत्ता लगाउने होस् या त नाडी बिचार गर्ने चलन पहिलेदेखि नै चल्दै आएको हो । सामान्यतया आफ्नो शरीरको तापक्रमलाई थर्माेमिटरबाट कसरी परीक्षण गर्ने र श्वासको गति कसरी नाप्ने भन्नेबारे सामान्य जानकारी तल दिइएको छ ।

तापक्रम कसरी नाप्ने ?

यदि कुनै व्यक्तिलाई ज्वरो छ कि छैन भनेर जाँच्न थर्माेमिटर छैन भने बिरामीका निधारमा उल्टो हातले छामेर आफ्नो शरीरको तापक्रम जाँच्न सकिन्छ ।

यदि बिरामीको शरीर अर्काे व्यक्तिको शरीरभन्दा बढी तातो भएको अनुभव हुन्छ भने उसलाई ज्वरो आएको हुन सक्छ भन्ने आधारभूत परीक्षण विधि हो । तर यसमा नै पूरा भर पर्ने भन्दापनि आफ्नो शरीरको अवस्था अनुसार परीक्षणको लागि अस्पताल जाने नजाने निधो गर्नुपर्छ ।

थर्माेमिटर छ भने शरीरको तापक्रम मुख, काखी वा गुद्द्वारमा राखेर नाप्न सकिन्छ । कुनैपनि व्यक्तिको काखीमा मुखमा भन्दा कम तापक्रम हुन्छ । मुखमाभन्दा गुद्वार बढी तातो हुन्छ । ज्वरो नाप्दा सेन्टिग्रेट वा फरेनहाइटमध्ये कुनै माप चिह्न भएको थर्माेमिटर प्रयोग गर्न सकिन्छ ।

ज्वरो कसरी नाप्ने ?

– थर्माेमिटरलाई साबुन पानी वा अल्कोहलले सफा गर्नुहोस् । रातो वा चाँदीको रंग नभएको टुप्पोमा थर्माेमिटरलाई समातेर तापक्रम ३६ डिग्रीभन्दा कम नभएसम्म झड्कार्नुपर्छ ।

–थर्माेमिटरलाई जिब्रो मुन्तिर राखी मुख बन्द गर्नुपर्छ । वा बिरामीले थर्मामिटर टोक्ने डर भएमा काखीमा राख्नु पर्छ ।

–तीन वा चार मिनेटसम्म त्यसै राख्नुपर्छ ।

–झिकेर नाप पढ्नुपर्छ ।

–थर्माेमिटरलाई साबुन र चिसो पानीले धुनुपर्छ र सम्भव भएमा २० मिनेटसम्म क्लोरिनको घोललाई डुबाई सफा पानीले धुनुपर्छ ।

श्वासको गति नाप्ने तरिका

सास फेर्ने गतिले फोक्सो र सास फेर्ने प्रणालीको अवस्थाबारे बताउँछ । यसले व्यक्तिको सामान्य स्वास्थ्यबारे पनि सूचना दिन्छ । सास फेर्ने गति लिन व्यक्तिले आराम गरिरहेको अवस्थामा उसको छाती तलमाथि गरेको हेर्नुहोस् ।

वयस्क व्यक्तिका निमित्त सामान्य सास फेर्ने गति एक मिनेटमा १२ देखि २० चोटिसम्म हुन्छ । सास फेर्ने गति भनेको एकपटक सास लिने र छोड्ने हो ।

संक्रमण, ज्वरो, रक्तस्राब वा जलवियोजन, क्षोभ, फोक्सोको समस्या वा अन्य आकस्मिकताको अवस्थामा नाडीसँगै सास फेर्ने दरमा पनि बृद्धि हुन्छ । असाध्यै बिरामी हुँदा नाडी र सासफेराइको दर अति नै कम भएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।

चाँडो तथा छोटो सास फेराइ श्वासप्रणालीको संक्रमणको चिह्न हुन सक्छ । बिरामीले प्रतिमिनेट ३० चोटि वा त्यसभन्दा बढी सास त्यो निमोनियाको चिह्न हुन सक्छ ।

गर्मीमा दाँतको सुरक्षा : चिसो पेय पदार्थ कति र कसरी पिउने ?

गर्मीयाममा चिसो पेय पदार्थ पिउँदा कतिपयमा दाँतको दुखाइ सुरु हुने समस्या हुन्छ । यसको कारण के होला ? दन्त चिकित्सकहरू चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थको कारण यस्तो समस्या सिर्जना हुने गरेको बताउँछन् र यसको समाधान चिसो पेय पदार्थको उपभोगमा ल्याउने नियन्त्रणमा मात्रै सम्भव रहेको उनीहरू बताउँछन् ।

गर्मीयाम हाम्रो दाँत तथा मुखको लागि संवेदनशील समय हो । तापक्रम बढी हुने भएकाले कुनैपनि खाद्य पदार्थ दाँतमा अड्किएर बस्दा मुखभित्रै छिटो सड्ने सम्भावना एकातिर समस्याको रूपमा रहन्छ भने अर्कोतर्फ गर्मीको समयमा खाने कतिपय खाना आफैँमा दाँत तथा मुखको सुरक्षाको बाधक हुने गर्छन् ।

गर्मी मौसममा कुनै खानेकुरा खाँदा ज्यादै गुलियो र प्रशोधित खानेकुरा दाँत र मुखको लागि उपयुक्त हुँदैन भन्ने दन्त चिकित्‍सकहरूको मत छ । ‘अति खानेकुरा’ अर्थात् अति अमिलो, अति चिसो र अति तातो जस्ता खानेकुरालाई सकेसम्म बेवास्ता नै गर्नुपर्छ भन्ने मान्यता छ । तर प्रतिकूल मौसमका कारण अति चिसो खानेकुराको उपभोग समेत बढ्ने गरेको पाइन्छ ।

गर्मी मौसम सुरु भएसँगै बजारमा विभिन्न किसिमका पेय पदार्थहरूको उपभोग आकासिने गर्छ । पेय पदार्थमा पनि दूध, लस्सी जस्ता हल्का पेय पदार्थ (सफ्ट ड्रिङ्स)भन्दा पनि कार्बाेनिक एसिडयुक्त चिसो पेय पदार्थ बढी उपभोग हुने गरेको पाइन्छ । तर ती पेय पदार्थ कसरी पिउने र कति पिउने त ? दन्त चिकित्सकहरु भने चिसो पेय पदार्थलाई जति सक्दो कम उपभोग गर्नुपर्नेमा जोड दिन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दाँत तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकी दाँत तथा मुखको सुरक्षाको लागि सकेसम्म चिसो पेय पदार्थ पिउनै नहुने बताउँछन् ।

बजारमा आउने कोल्ड ड्रिङ्क्समा कार्बोनिक एसिड मिसाइएको हुन्छ । ‘यसलाई गिलास वा अन्य भाँडामा खन्याउँदा फिँज आउने कारण पनि यही कार्बाेनिक एसिड हो ।

’ बुढाथोकीले भने ‘कार्बाेनिक एसिडले दाँतको इनामेलाई खियाउने काम गर्छ । यसले गर्दा पछि दन्त सडन हुने र गिजाले ठाउँ छाड्ने गर्छ ।’ त्यसमाथि गुलियो चिज पनि मिसाएका कारण यो दाँत तथा मुखको सुरक्षाको लागि उपयुक्त नहुने उनी बताउँछन् ।

दन्त चिकित्सकहरू चिसो पेय पदार्थको विकल्पमा कम चिनी र एसिड युक्त पेय पदार्थ छनौट गर्न सुझाव दिन्छन् । ती वैकल्पिक पेय पदार्थहरूमा पानी, दूध, विभिन्न फलफूलको जुस आदि हुन सक्छन् ।

कसरी पिउने चिसो पेय पदार्थ ?
चिसो पेय पदार्थ पिउनै परे यसलाई पाइपको माध्यमबाट पिएर सिधै निल्ने गरी पिउनुपर्ने दन्त चिकित्सकहरु बताउँछन् ।

चिसो पेय पदार्थ खाने बेलामा मुखमा धेरैबेर उक्त पेय पदार्थ राख्न नहुने र पेय पदार्थ पिइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ । जसले गर्दा दाँतलाई समस्या गराउने कार्बाेनिक एसिड दाँतमा बस्न पाउँदैन । यसले गिजामा समेत समस्या गर्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button