शनिवार देखि मध्यम र लामो दूरीको यातायात संचालनमा: लाग्यो यस्तो नयाँ नियम, कसरी गर्ने यात्रा ?

काठमाडौ । शनिवार देखि मध्यम तथा लामो दुरीको सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् ।

गृहमन्त्रालयले लामो दुरीको यातायात संचालनमा सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पठाएको छ ।

मन्त्रीपरिषदकै निर्णयमा यस्तो निर्देशन दिइएको हो । तर यात्रुले केही नियम भने पालना गर्नुपर्नेछ ।

यात्रुले पहिले नै टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ । साथै स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्नेछ ।

विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षा कार्यक्रम सञ्चालन भएसँगै मध्यम र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरेको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार सिडियो कार्यालयले यस्तो सूचना जारी गरेपछि संक्रमण दर बढ्दै गएका कारण उनीहरु अलमलमा परेका छन् ।

साउन १० सम्म निषेधाज्ञा लम्ब्याइएपनि लोकसेवा र विश्वविद्यालयका परीक्षाको विभिन्न समय, मिति सार्वजनिक भएकाले आवागमनलाई मध्यनजर गर्दै मध्यम तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न प्रशासनले सूचनामार्फत भनेको छ ।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।

सिडियो भन्छन्, ‘काठमाडौमा अब निषेधाज्ञा खोल्ने होइन अब बनाउने बेला भयो’

 काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको लामो समय भयो । मोडालिटि परिवर्तन गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएको छ ।

गत मंगलबार गृह मन्त्रालयले लामो र मध्यम दूरीमा सार्वजनिक सवारी सहजीकरणका लागि देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

परिक्षा संचालन गर्ने निर्णयसंगै विद्यार्थीहरु परिक्षा केन्द्रमा जानुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

तर काठमाडौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने निषेधाज्ञा कडा बनाउने संकेत गरेका छन् ।

महामारीको तेस्रो लहरको जोखिम बढेको भन्दै कडा बनाउने संकेत गरिएको हो ।

को रोनाको नयाँ भेरियन्ट भक्तपुरमा समेत देखिएको छ । संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । तर गृहमन्त्रालयको लामो दुरीको सवारी संचालनका लागि सहजीकरण गर्न दिएको निर्देशनले भने सिडियोहरु अन्यौलमा परेका छन् ।

‘त्रिभुवन विश्व विद्यालयका अब हुने परीक्षाका परीक्षार्थीलाई अप्ठेरो पर्ने भएकालाई सहयोग हुने हेतुले सार्वजनिक यातायात सहजीकरण गर्न गृहले निर्देशन दिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमणदर हेरर निर्णय गर्ने बताएका छन् । अहिले उपत्यकाको संक्रमणदर हेर्ने हो भने निषेधाज्ञा राम्रोसँग खोल्नुभन्दा घटाउनुपर्ने बेला भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो १० दिन थप गरिएको निषेधाज्ञामा खुकुलो प्रावधना छ तर अहिले संक्रमण बढिरहेकाले निषेधाज्ञा के हुने भन्नेबारे टुंगो लागिसकेको छैन । कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button