विहिवार कार्यदलको बैठकमा के भयो ? अन्तत ओली गले : मेरियटमा फेरी ओली र नेपाल भेट्ने

काठमाडौ । नेकपा एमालेमा माधव नेपाल पक्ष आफ्नो माग देखि पछि हटेन ।

अध्यक्ष केपी शर्मा ओलीले आफु जठ २ पूर्वको अवस्थामा जाने भनेपनि माओवादी केन्द्र छोडेर आएकाहरुलाई केन्द्रीय कमिटीमा समेटेपछि नेपाल पक्षले त्यसलाई महाधिवेशन आयोजक कमिटीकै निरन्तरता भन्यो । त्यसैले सहमति जुट्न सकेन ।

ओली पक्षले केन्द्रीय कमिटीको बैठकवाट कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर पनि फिर्ता लिन २४ घण्टाको अल्यिटमेटम दिए । तर पनि माधव पक्ष गलेन ।

तर अब ओलीनै नरम हुँदै गएको नेपाल पक्षका नेताहरुले बताएका छन् । ओलीले नेपालसंग भएको वैठकमा आफुलाई विना सर्त सहयोग गर्न आग्रह गरिरहे । त्यसपछि नेपाल बैठकवाट उठेर हिँडेका थिए ।

त्यस पछि बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा नेपाल पक्षका नेताहरु अलि कडा रुपमा प्रस्तुत भएको स्रोतले जनाएको छ ।

विहीबार साँझ माधव पक्षका नेताहरु कडा रुपमा प्रस्तुत भएपछि शुक्रवार ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुवीच अनौपचारिक छलफल शुरु भएको छ ।

‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले भने,‘ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, हस्ताक्षर फिर्ताको त च्याप्टर नै क्लोज भइसक्यो ।’

शुक्रवारको बैठकमा केही प्रत्यक्ष देखिने सहमति बन्ने र दुई नेताको संयुक्त वक्तब्य पनि आउने नेताहरुले आश गरेका छन् । शुक्रवार पनि होटल मेरियटमा दुई नेताबीच भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले बताए ।

एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरु भए पनि निश्कर्ष निस्कन सकेको छैन ।

विहीबार साँझको छलफलपछि माधव पक्षका नेताहरुले वार्ताबाट कुनै प्रगति नभएको, ओली पक्षले ठोस प्रस्ताव नल्याएको र अदालतको मुद्दालाई प्रभावित बनाउन र अल्मल्याउन मात्रै खोजेको आरोप ओली पक्षमाथि लगाएको थियो ।

अस्पतालमा उपचार गराइरहेकी निशाले किन यस्तो गरिन् ?

र्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जनाएको छ ।

दुर्घटनामा परेर उपचारका लागि तीन वर्षदेखि उपचारको अभावमा मृत्युसँग लडिरहेकी घिमिरेको नर्भिकमा उपचारका ल्याएसँगै स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अत्याधिक र’क्तश्रा’व भएको थियो ।

आफ्नै दाँतको टो’काइबाट गालाको भित्री भागमा गहिरो चो’ट लागेपछि उनलाई भेन्टिलेटरमै राख्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अ’त्यधिक र’क्तश्रा’व भएको थियो । जस्का कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको हो ।

आफ्नै दाँतले टो’कि’एको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको अस्पतालको भनाइ छ । तर, असार २१ गते भेन्टिलेटरमा राखिएकी उनलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ ।

‘हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गा’लाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको छ,’ बिहीबार अस्पतालले जानकारी दियो ।

बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको पनि अस्पतालले चिकित्सकहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ । हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायत विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।

डा. पङ्कज जलान नेतृत्वको टीमले उनको उपचार गरिरहेको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युश्ययामा छ’टपटा’इरहेकी घिमिरेको गत जेठ २७ गते अस्पतालकी प्रबन्धनिर्देशक मेघा चौधरीले उद्धार गरेकी थिईन् ।

‘अस्पतालमा आउँदा जि’उँदो ला’शजस्तो रहेकी उनको अवस्था निकै सुधार भएको छ । उनले पछिल्लो समय बोल्ने समेत कोशिश गरिरहेकी छिन्,’ अस्पतालले भनेको छ ।

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button