विवाहको ७ फेरा लिनु अगाडि गर्नैपर्ने ८ परीक्षण, नत्र जिन्दगि नै बर्बाद होला !
विवाह प्रेम,विश्वास र समर्पणको अन्तिम बिन्दु हो । तर पछिल्लो समय विभिन्न कारणले वैवाहिक सम्बन्ध टुट्ने गरेका छन् । वैवाहिक जीवनलाई समस्यारहित बनाउन विवाह अगाडि निम्न परीक्षण गर्नु उत्तम हुने विज्ञहरु बताउछन् ।
१. एचआइभी परीक्षण : यदि युवा वा युवतीमध्ये कुनै एकजनामा मात्र एचआइभी संक्रमण रहेछ भने पनि सिंगो जिन्दगी वरवाद हुन्छ । अहिलेको जमानामा आँखा चिम्लेर विश्वास गर्नु मुर्खत मात्र हुन्छ ।
बरु विवाह गर्नु अगाडि दुवैजनाले एचआइभी परीक्षण गर्नु बुद्दिमानी मानिन्छ । यसले दुईजनाबीच अझ समझदारी बढाउछ ।
२. उमेरको परीक्षण : अनमेल विवाहका कारणले पनि धेरै जोडीहरु छुट्ने गरेका छन् । बढी उमेरका युवतीहरुमा अन्डाणु निर्माण हुने क्षमता कम हुँदै जान्छ ।
बढी उमेरमा बच्चा जन्माउदा अनेक समस्या आइपर्न सक्छ । त्यसैले उमेर ढल्केर विवाह गर्दै हुनुहुन्छ भने आफ्नो शारीरिक अवस्थाका बारेमा अवश्य परीक्षण गराउनुहोस् ।
३ प्रजनन क्षमताको परीक्षण : धेरै विवाहित जोडी सन्तान सुखका लागि त ड्पिने गरेको देख्न सकिन्छ । दुई जनामध्ये कुनै एकजनामा मात्र कमजोरी रहेछ भने पनि सन्तान नहुन सक्छ ।
यसमा महिला र पुरुष दुवैमा समस्या हुन सक्छ । त्यसैले अहिलेको प्रविधिको जमानामा विवाह गर्नु अघि नै सन्तान उत्पादनका लागि दुवै सक्षम छन् कि छैनन् भनेर परीक्षण गर्नु राम्रो हुन्छ ।
४ ओवरी परीक्षण : यो परीक्षण महिलाहरुमा गरिन्छ । ताकि उनीहरुलाई आमा बन्दा कुनै समस्या आइपर्छ कि पर्दैन भन्ने थाहा होस् । धेरै युवतीहरु यस्तो परीक्षण गराउन डराउछन् ।
किनभने यस्तो समस्या भएको युवतीले विवाह नगर्नु नै वेश हुन्छ । तर अहिलेको मेडिकल युगमा असम्भव भन्ने केही छैन । तयसैले निर्धक्क ओवरी परीक्षण गराउनु उत्तम हुन्छ । केही समस्या रहेछ भने तुरुन्त उपचार गर्न सकिन्छ ।
५ वी र्य परीक्षण : यस परीक्षणमा पुरुषको वी र्य परीक्षण गरिन्छ । ताकि उनीहरुमा सन्तान उत्पादन गुण छ कि छैन भन्ने थाहा पाइयोस् । कुनै समस्या रहेछ भने उपचार गराउन सकिन्छ ।
६. यौ न परीक्षण : कुनै रोगहरुको संक्रमण तुरुन्त फैलिनेखालको हुन्छ । शारीरिक सम्बन्ध राख्दा विभिन्न यौ न रोगको संक्रमण पनि फैलिन खतरा रहन्छ । त्यसैले भविष्यमा कुनै जटिल समस्या आउन नदिन विवाह गर्न लागेका जोडीले यौ न रोगको परीक्षण गर्नुपर्छ ।
७. रगत परीक्षण : रगत परीक्षण गर्नाले रगतमा कुनै खराबी छ कि छैन भन्ने थाहा हुन्छ । आमाबाबुमा रगतमा कुनै समस्या रहेछ भने त्यसको असर बच्चामा पनि पर्ने सम्भावना बढी हुन्छ ।
हीमोफीलिया र थैलेसीमिया यस्तो खतरनाक रोग हो कि यस्तो रोग लागेका बच्चा जन्मने वित्तिकै मृत्यु हुने सम्भावना अधिक हुन्छ । यस्तै रगतको परीक्षणले विवाहित जोडीले एक अर्काको रगत समूहदेखि रगतसँग सम्बन्धित धेरै कुरा थाहा पाउन सक्छन् । त्यसैले विवाह अगाडि दुवैजनाले रगत परीक्षण गराउनु पर्दछ ।
८.वंशाणुगत परीक्षण : वंशाणुगत परीक्षणलाई परिवारको मैडिकल हिस्ट्री पनि भनिन्छ । यस्तो परीक्षणले तपाईलाई वंशाणुगत स्वास्थ्य समस्या छ कि छैन भन्ने पत्ता लाग्छ ।
कतिपय अवस्थामा बच्चाहरुमा वंशाणुगत समस्या देखिने खतरा रहन्छ । यसले तपाईको जीवनलाई मुस्किलमा पारिदिनसक्छ । त्यसैले विवाह अगाडि अनिवार्य वंशाणुगत परीक्षण गराउनुपर्छ ।
यो पनि,,,,महिलाको बसाईबाट यसरी थाहा पाउन सकिन्छ महिलाको बानी
काठमाण्डौ । भनिन्छ महिलाहरुको आनीबानी थाहा पाउन जो कोहीको बसको कुरा हैन । किनभने महिलाहरु एकनासका स्वभावका हुँदैनन् । त्यसैले उनीहरुको बानीको बारेमा ठ्याक्कै यही बानी नै महिलाहरुको सामान्य बानी हो भनेर भन्न कठिन् पर्दछ ।
तर आज हामी तपाईलाई महिलाहरुको बानी कसरी सजिलै जान्न सकिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ । महिलाहरुको बानीको बारेमा जान्नकोलागी उनीहरुको बसाईलाई ध्यान दिनु पर्दछ ।
यो सुन्दा अचम्म लाग्न सकछ तर यो साँचो हो कि महिलाहरुको बानी सजिलै जान्नकोलागी उनीहरुको बसाईलाई नियाले पुग्दछ । यस अर्थमा के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई जानकारी दिनेछौँ । कस्तो प्रकारले बस्ने महिलाको स्वभाव कस्तो हुन्छ भन्ने कुरा उनीहरुको बस्ने तरिकाबाट थाहा पाउन सकिन्छ ।
दुबै गालामा हात राखेर बस्ने महिलाः जो महिलाहरु यस प्रकारले बस्छन् ति महिलाहरु अगाडि बढ्न चाहने खालका हुन्छन् । त्यस्ता महिलाहरुले जीवनमा आउने समस्याहरुलाई नजरअन्दाज गरिदिन्छन् ।
उनीहरु सोच्छन्, समस्या स्वयं आफैँ हराएर जान्छ । उनीहरुलाई जीवनमा रमाइलो गर्न मन लाग्छ । उनीहरु गम्भीर स्वभावका हुँदैनन् । किनभने उनीहरुको सोच जीवन एउटा मात्रै हो भन्ने किसिमको हुन्छ । किनभने उनीहरु जीवनामा सबै थोक गर्न रुचाउँछन् ।
खुट्टा माथि खुट्टा राखेर बस्ने महिलाः जो महिला यस प्रकारले बस्छन्, उनीहरु चञ्चल स्वभावका हुने गर्दछन् । त्यति मात्रै होइन,उनीहरु केहि पनि नसोची फ्याट्ट बोलिदिन्छन् ।
उनीहरु दिमागमा जे आयो फ्याट्ट बोलिहाल्छन् । यस्ता महिलाहरुको भनाईको अर्थलाई सुन्नेहरुले खासै चासोको रुपमा लिंदैनन् । र यस्ता महिलाहरुको भनाईको अर्थ हुँदैन भनेर त्यति ध्यान दिंदैनन् ।
सिधा बस्नेः जो महिला एकदम सिधा बस्छन्, उनीहरु धेरै वुद्धिमानी हुन्छन् । उनीहरु चुनौति लिन मन पराउँछन् । उनीहरु एकअर्कासँग घुलमिल गर्न अत्याधिक रुचाउने किसिमका हुन्छन् । उनीहरुका धेरै साथीहरु पनि हुन्छन् । यस्ता महिलाहरु जीवनमा धेरै अगाडि बढ्न सक्दछन् ।