विरोध सभामा दुई लाखभन्दा बढी सहभागी हुने प्रचण्ड-नेपाल समूहको दाबी

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा २ लाखभन्दा बढी मान्छे उतार्ने दाबी गरेको छ।

प्रचण्ड-नेपाल समूहको आज बसेको सचिवालय बैठकले बुधबारको विरोध सभाको सबै तयारी पूरा भएको समेत निष्कर्ष निकालेको छ।

‘हाम्रो विरोध प्रदर्शन र जनसभाको तयारी उल्लेख्य रूपमा भएको छ। जनताको उत्साहजनक सहभागिता रहने निष्कर्ष निकालेका छौं,’वरिष्ठ नेता झलनाथ खनालले भने,’हाम्रो सभामा २ लाखभन्दा बढी मान्छे सहभागी हुने निश्चित भएको छ। हामीले सोचेभन्दा उत्साहजनक रूपमा कार्यक्रम सम्पन्न हुने हामीले अपेक्षा गरेका छौं।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button