विग्रीएको राईफलले सुट गर्न खोज्दै थिए, ओलीले एके ५७ ले दनक दिए : टोपबहादुर रायमाझी
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल समुहले प्रतिपक्षीको काँधमा टेकेर सुट गर्न खोजेको आरोप लगाउनु भएको छ ।
शनिबार प्रधानमन्त्री ओली समुहको नेकपाले आयोजना गरेको कार्यक्रम बोल्नै मन्त्री रायमाझीले प्रचण्ड-नेपालले विशेष अधिवेशनको बैठकबाट प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव पेस गर्न खोजेका तर सांसद नपुगेपछि प्रतिपक्षीको काँधमा टेकेर ओलीलाई सुट गर्न खोजेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अविस्वास प्रस्ताव गर्न प्रचण्ड-नेपाल समुहलाई १३८ जना सांसद चाहिएकोमा ५५ जनाको अभाव थियो, त्यसकारण उहाँहरुले प्रतिपक्षीको काँधमा टेकेर केपी शर्मा ओलीलाई अबदस्त र सुट गर्न खोज्नुभयो, त्यो पनि बिग्रीएको थ्री नट थ्री राइफालले, तर केपी ओलीसँग स्वचालिन राईफल थियो ।
त्यो पनि बिग्रीएको थिएन, उहाँँसँग एके ५७ थियो, आफू सिधिनुधन्दा पहिले ओलीले दिनुभयो दनक उहाँहरु सडकमा पछारिनुभयो।’
पूर्वएमाले र पूर्वमाओवादीको समिकरण बनाएर प्रधानमन्त्री बिरुद्ध प्रचण्ड-नेपाल समुहले घेराबन्दी गरेको पनि उहाँको भनाइ थियो । प्रचण्ड- नेपाल समुहलाई त्यो बेला आफूहरुले त्यो नगर्न आग्रह गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले त्यो बेला त्यो नगर्नुहोस्, केपी ओलीसँग ५० औं विकल्प छन्, तपाईहरुसँग केही विकल्प छैनन् भनेर भन्यौँ तर उहाँहरुले गरि छोड्नु भयो, अहिले उहाँहरु सडक छाप हुनुभएको छ।’
निर्वाचन आयोगले पनि अध्यक्ष र महासचिवमात्रै चिन्ने भएकाले उहाँहरुको कुनै विकल्प नचाहेको दावी गर्नुभयो । उहाँले निर्वाचन तोकिएकै समयमै हुने पनि दावी गर्नुभयो ।