विकास र समृद्धि देख्न नचाहने देशी–विदेशी तत्वहरु सरकार गिराउने खेलमा लागे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास र समृद्धिको यात्रामा अघि बढेकाले त्यसलाई देख्न नचाहने देशी–विदेशी तत्वहरु सरकार गिराउने खेलमा लागिरहेको बताएका छन् ।

देश विकास, समृद्धि र सुशासनका दिशामा अगाडी बढेपछि देशी–विदेशी तत्वहरु सरकार गिराउने खेलमा लागेको आरोप लगाएका हुन् । 

सोमबार पोखरामा आयोजित नेकपा ओली पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले उनीहरुको चाहना सजिलै पूरा हुन नदिने बताए ।

उनले नेपाली जनताको विकास र समृद्धिको चाहनालाई असफल बनाउन चाहने देशी–विदेशी तत्वका कारण आफ्नो ज्यान समेत खतरामा रहेको बताए । ‘सरकारले विकास निर्माणका काम तीव्र रुपमा अगाडि बढाएकाले बढ्दो लोकप्रियता देखेर देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेका छन’ उनले भने ।

‘यसको नेतृत्व पार्टीले गरेकाले उनीहरुको शारीरिक हमला म माथि भयो भनेपनि अचम्म नमान्नुहोला ।’ 

उनले कुनैपनि हालतमा पार्टीको भविष्य अन्धकार जान नदिने बताए । उनले विरोधीहरुको जस्तोसुकै षड्यन्त्रसँग लड्ने बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र विकासका लागि पार्टीले कसैसँग कुनै सम्झौता नगर्ने बताए । उनले पार्टी एकताका लागि आपूmले पूर्व माओवादीका केही नेताहरुलाई जिम्मेवारी दिएको बताउँदै त्यसपछि उनीहरु आपूm नेकपाको अध्यक्ष भएको भन्दै हिँडने गरेको आरोप लगाए । उनले पार्टीको बैठक र संसदीय दलमा आएर बहुमत देखाउन समेत चुनौती दिए ।

उनले पार्टीको एकताका लागि केन्द्रीय समितिमा प्रचण्ड समूहलाई बहुमत दिएर त्याग गर्दा समेत उल्टै निर्वाचित अध्यक्षलाई कारवाही गरेको भन्दै हिँडेको आरोप लगाए ।

उनले पार्टी एकताका लागि मात्र विभिन्न पद सृजना गरेको बताउँदै नेकपामा आफुमात्र निर्वाचित अध्यक्ष भएको बताए । ‘म मात्र पार्टीको निर्वाचित अध्यक्ष हो ।

अन्य पद पार्टी एकताका लागि मिलाउन बनाइएको पद हुन्’ उनले भने । ‘यदि तपाईंको बहुमत छ भने पार्टीको आधिकारीक बैठक र संसदीय दलमा बहुमत पुर्याएर देखाउनुहोस् ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button