वास्तुअनुसार घरमा केको छाया पर्दा अशुभ हुन्छ ?

वास्तुशास्त्र हरेक दिशा र कोणलाई हेरेर व्याख्या गर्ने शास्त्र हो । मुख्यतया ८ वटा दिशालाई महत्वका साथ हेर्ने यस शास्त्रले घर बनाउँदा कुन दिशामा कस्तो प्रयोजनको सामान राख्ने भनेर पनि सुझाव दिने गर्छ ।

सूर्यको किरण, घरको वातावरण अनुसार चिस्यानको सम्भावना जस्ता पक्षले वास्तुलाई निर्देशित गरेको हुन्छ ।

वास्तुले हरेक व्यावहारिक पक्षलाई आधार मानेर विश्लेषण गर्ने गर्छ । हिमालको काखमा भएको घरको ढोका दक्षिणतर्फ फर्काउने गरिन्छ भने पश्चिमबाट हावा चल्ने घरमा पूर्वतर्फ ढोका राख्ने गरिन्छ ।

त्यस्तै घरको माथि ठूलो रूखको छाया छ भने त्यसले सो घरमा बस्ने मान्छेको प्रगति रोक्छ भन्ने मान्यता राखिन्छ । यसरी वास्तुले स्थानलाई आधार मानेर मान्छेको व्यावहारिक पक्षलाई खोतल्ने गर्छ ।

अग्निले प्रतिनिधित्व गर्ने कोण भएकोले आग्नेय कोणलाई ऊर्जाको लागि उपयुक्त मान्ने गरिन्छ । आग्नेय कोण पूर्व र दक्षिणतर्फको कोण हो । सूर्य उदाएलगत्तै सबैभन्दा पूर्वतर्फको भाग सूर्यको स्पर्शमा पर्छ ।

त्यसैले यो कोणले आफैंमा ऊर्जाको प्रतिनिधित्व गर्ने गर्छ । त्यसकारण यो विश्वास गरिन्छ कि यस दिशामा एक किसिमको विशेष ऊर्जा पाउन सकिन्छ । यस दिशामा भान्साकोठा राख्नु उपयुक्त मानिन्छ । यसतर्फ बिजुलीका उपकरणहरू समेत राख्न सकिन्छ ।

वास्तुशास्त्रमा धेरै प्रकारका भेदहरू हुन्छन् । यी सबैले घर निर्माणको विभिन्न पक्षलाई उजागर गर्ने गर्छ । वास्तुशास्त्रमा हावापानी, सूर्य उदय र अस्त जस्ता विभिन्न कोणबाट यसलाई प्रस्तुत गर्ने गरिन्छ ।

यसमध्येको एक हो छायावेध हो। छायावेधले घरमा के–केको छाया पर्दा कस्तो असर देखिन्छ भन्ने बारेमा निर्णय गर्ने गर्छ ।

ज्योतिष शास्त्रमा छायालाई राहु र केतुको प्रतीक मानिन्छ । परिवारमा बस्ने सदस्यहरू छायाको कारण नै प्रायः बिरामी हुन्छन् भन्ने मान्यताका आधारमा घरमा छायाको प्रभावबाट बच्नुपर्छ भन्ने मान्यता राखिन्छ । कुन वस्तुको छाया घरमा पार्नु हुँदैन भन्नेबारेमा यहाँ उल्लेख गरिएको छ ।

१.ध्वज छायाको असर: ध्वज छाया भनेको झण्डाको छाया हो । मन्दिरको १०० फिट आसपास बनाइएको घरहरू झण्डाको छायाबाट ग्रस्त हुने गर्छन् भन्ने मान्यता छ । तर यो मन्दिरको उचाइ र झण्डाको उचाइमा निर्भर हुन्छ । हिजोआज मन्दिरभन्दा अग्ला घरहरू बन्न थालेका छन् जसले गर्दा यो समस्याको जोखिम पनि कम हुने गर्छ ।

२. मन्दिर छायाको असर : यदि बिहान १० देखि ३ बजेसम्म अर्थात् मध्याह्नको आसपासमा मन्दिरको छाया घरमा परेको छ भने अर्थात् मध्य घामको केही घण्टा अघिपछि घरमा मन्दिरको छाया परेको छ भने यसले अशुभ फल दिन्छ भन्ने मान्यता छ । यस्तो छायाका कारण परिवारमा अशान्ति, व्यवसायमा घाटा र विवाह वा सन्तानमा ढिलाइ हुने गरेको छ ।

३. पर्वतको छायाको असर : यदि तपाईंको घरको नजिक कुनै पहाड छ र जसको छाया तपाईंको भवनमा परेको छ भने त्यो पनि अशुभ हुन सक्छ । भवनको पूर्वी भागमा पहाडको छाया पर्‍यो भने मान्छेको ख्यातिमा त्यसले असर गर्छ भन्ने मान्यता छ ।

४. भवनको छायाको असर : यदि तपाईंको घरभन्दा ठूलो घर छ र त्यसको छाया तपाईंको घरमा पर्छ भने यसबारे पनि चासो दिनु आवश्यक हुन्छ । आफ्नो घरले कुवा वा इनारमा छाया पार्न दिनुहुँदैन ।

५. रूखको छायाको असर : यदि रूखको छाया मध्याह्नको आसपास घरमा पर्छ भने यो वास्तु अनुसार हानिकारक हुन्छ । यसमा पनि दिशाको ज्ञान हुनु आवश्यक छ। यो छायाले सो घरमा बस्ने व्यक्तिको प्रगति रोक्छ भन्ने वास्तु शास्त्रीय मान्यता छ ।

यो पनि,,,घरमै गोलभेडा फलाउने सजिलो विधि

तपाईं-हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोषणयुक्त पनि हुने गर्छ । त्यसैले गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

तर, सधैंभरि गोलभेडा उपलब्ध हुँदैन । बजार जाने अनुकूलता पनि मिल्दैन । त्यसमाथि गोलभेडा उत्पादन गर्ने क्रममा विभिन्न विषादीको प्रयोग गरिएको हुन सक्छ । त्यसो हो भने किन आफ्नै घरमा, आफ्नै हातले उत्पादन नगर्ने ?

गोलभेडा रोप्नका लागि ठूलो ठाउँ चाहिँदैन। गमलामा समेत गोलभेडा उत्पादन गर्न सकिन्छ। भान्साको आसपासमा खाली भाग भए त्यहाँ पनि रोप्न सकियो ।

धेरैलाई अनुभव नहुन सक्छ, गोलभेडा कसरी रोप्ने ?

पहिलो चरण

सबैभन्दा ठाउँको छनौट गरौं। गोलभेडा उत्पादनका लागि त्यस्तै ठाउँ उपयुक्त हुन्छ, जहाँ पर्याप्त घाम लाग्छ। किनभने गोलभेडालाई दिनमा ८-१०  घण्टाको घामको उज्यालो चाहिन्छ। ओसिलो ठाउँमा गोलभेडा राम्ररी फस्टाउँदैन ।

चरण–२

जति सम्भव हुन्छ, उति नै ठूलो गमला छनौट गरौं । गोलभेडाको बोटलाई एकदमै धेरै पोषकतत्वको आवश्यकता पर्छ। यसैले यसका लागि पर्याप्त माटो अटाउने गमला उपयुक्त हुन्छ । जति-जति बोट बढ्दै जान्छ, मल र माटो पनि थप्नुपर्छ । अण्डाको खोललाई धुलो बनाएर माटोमा मिसाउँदा निकै राम्रो हुन्छ ।

चरण–३

रोप्ने ठाउँ तयार भयो, गमला तयार भयो । त्यसपछि बिउ चाहिन्छ। कुनै पनि गोलभेडाबाट बिउ निकाल्न सकिन्छ। यद्यपि आफूसँग भएको गोलभेडाको बिउ गुणस्तरीय छैन भन्ने लागेमा स्थानीय नर्सरीबाट पनि खरिद गर्न सकिन्छ।

बिउलाई गमलामा राखेर माथिबाट हल्का माटोले छोपिदिने । यसमा थोरैथोरै पानी राख्नुपर्छ, नियमित रुपमा । केही समयपछि बिउ अंकुराउन थाल्छ । एक इन्च जति लामो भएपछि त्यसलाई गमलाबाट अर्को गमलामा सार्नुपर्छ । एउटा गमलामा एउटै मात्र बिरुवा रोप्नुपर्छ।

चरण–४

गोलभेडा रोपेपछि त्यसको माटोलाई सुख्खा हुन दिनुहुँदैन । थोरैथोरै पानी सिञ्चित गरिरहनुपर्छ । गमला हल्का चिसो हुनुपर्छ तर धेरै गिलो हुनुहुँदैन । गोलभेडाको बिरुवा बढ्दै गएपछि त्यसलाई स-साना लट्ठीले थाँक्रा लगाउनुपर्छ वा डोरीले बाँध्न पनि सकिन्छ । यसले गर्दा फल लाग्न थालेपछि बोट भाँचिदैन ।

चरण–५

गोलभेडाको बिरुवामा दिनहुँ पानी राख्नुपर्छ। माटो र मल पनि बेलाबखत थप्नुपर्छ । सुख्खा पात वा कुहिएको पात, डाँठलाई निकाल्नुपर्छ। यसरी राम्ररी स्याहारसुसार गरेपछि गोलभेडा राम्ररी उत्पादन हुन्छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button