वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जान्छ: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार (केपी ओली) रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ ।’ मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए ।

संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ उनले भने ।

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।

‘कहिले संसद छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लागउन संसद भंग अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिँदैछ’ उनले भने । अहिले विधेयक अधिवेशन चलिरहेको भन्दैले सोही अनुसार संसदलाई बिजनेश दिन सरकारलाई आग्रह गरे ।

‘एसिड आक्रमण गर्नलाई नियन्त्रण बनाउन कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा पनि विधेयक नदिन ? अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभाको बैठक नबोलाउने ? उनले प्रश्न गर्दै भने, ‘यो विधेयक अधिवेशशन हो । हामी काम गर्न तयार छौं ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button