वर्तमान सरकारलाई जनताले नहटाएसम्म संघर्षको कार्यक्रम जारी रहन्छ : झलनाथ खनाल

१८ माघ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनर्स्थापना हुने दावी गरेका छन ।

आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले शत प्रतिशत अदालतले संसद पुनर्स्थापनाको आदेश दिने बताए ।

उनले मुलुकको परिवर्तनको रक्षाका लागि संसद्को पुर्नस्थापना गर्नुपर्ने जिकिर गरे । प्रधानमन्त्री ओली पूर्ण रुपमा फेल भइसकेको र ओलीको दिनगन्ती सुरु भइसकेको उनको तर्क थियो ।

खनालले वर्तमान सरकारलाई जनताले नै हटाउने भन्दै संघर्षका कार्यक्रम जारी रहने बताए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button