लुम्बिनी प्रदेशवाट सांसद हराएपछि प्रहरीमा खोजीका लागि निवेदन

काठमाडौ । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर एकाएक पार्टीको सम्पर्कवाट हराएपछि लुम्बिनी प्रदेशमा उनको खोजी थालिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलसंग आफु निकै तनावमा रहेको बताएकी उनी त्यसपछि सम्पर्क विहिन भएकी थिइन् ।

आइतवार विहान देखि सम्पर्क विहिन भएकी सांसद पुर्मतीको खोजीका लागि भन्दै प्रहरीमा निवेदन समेत दिइएको थियो ।

तर उनी सोमवार फोन सम्पर्कमा आएको भएपनि कसैलाई भेटेकी छैनन् । उनले मुख्यमन्त्री पोखरेलसंग घरमै छु भनेकी थिइन् । तर पार्टीका नेताहरु घरमा जाँदा उनी घरमा नभएको बताइएको छ ।

उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी ९जसपा० लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए ।

ढेंगाले आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन नउठाएको बताएकी थिइन् । उनी सम्पर्क विहिन भएपछि पार्टीका नेताहरुले सयौं पटक फोन गरेका थिए । उनको फोन नउठेपछि कुनै अप्ठेरोमा परिन् की भन्दै खा्जी थालिएको थियो ।

घरमै छु भनेर मुख्यमन्त्रीलाई भनेकी भएपनि रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने उनी फेला परिनन् । उनी घरमा फेला नपरेपछि फेरी खोजी थालिएको छ ।

पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय गर्ने गर्दथिन् ।

पार्टी स्रोतका अनुसार व्यवसाय गर्दाको ऋणका कारण पनि उनी तनावमा छिन् ।

सत्तारूढ एमालेले आफ्नो पक्षमा बहुमत पुर्‍याउन ढेंगलाई क ब्जा मा लिएको हुन सक्ने जसपाले जनाएको छ ।

जसपाका लुम्बिनी प्रदेश महासचिव यज्ञ पोखरेलले सांसद ढेंगामगर सम्पर्कमा नरहेकाले खोजबिनका लागि प्रहरीमा निवेदन दिएको बताए । ‘

उहाँ हिजो दिउँसोदेखि सम्पर्कबाहिर हुनुहुन्छ । हामीले पनि खोजबिन गरिरहेका छौं । प्रहरीलाई पनि निवेदन दिएका छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button