लुम्बिनी प्रदेशका ३ सांसद कारवाहीमा, के हो उनीहरुको गल्ती ?

काठमाडौ । लुम्बिनी प्रदेशका ३ सांसद कारवाहीमा परेका छन् ।

जनता समाजवादी पार्टीको आधिकारीकता विवादको टुंगो लागेपछि उनीहरुलाई कारवाही गरिएको छ ।

सोमवार जसपाको आधिकारीकता उपेन्द्र यादवको समुहले पाएको छ ।

त्यस लगत्तै मंगलवार बसेको जसपाको बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाहीको निर्णय गरेको हो ।

यस अघि पनि यादव समुहले उनीहरुलाई कारवाही गरेको थियो । तर ति सांसदहरु सर्वोच्च अदालत पुगेका थिए ।

जसपावाट लुम्बिनी प्रदेशमा ४ मन्त्री भएपनि जसपाले ३ जनालाई कारवाहीको निर्णय गरेको हो ।

एक जना सांसदले यस अघि नै मन्त्री पदवाट राजिनामा दिएकी छन् । पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई कारवाहीको निर्णय गरिएको हो ।

पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो ।


लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् ।

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्।

संसद सचिवालयकै एक कर्मचारीलाई कर णी अभियोगमा चलेको मुद्दामा उच्च अदालतले पनि महरालाई सफाइ दिएको हो।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासबाट पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी फैसला गरिदिएका हुन् ।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।

उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले पुनरावेदनका लागि उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो ।

महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई कर णी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो ।

उक्त आरोपपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

योगेशलाई ओली पक्षधरले हलबाट निकाल्न खोजेको त्यो क्षण

घटना नेकपा एमालेको नवौं महाधिवेशनको हो । ७ वर्ष अघि एमाले नेता योगेश भट्टराईलाई तत्कालीन अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पक्षधरले अधिवेशन हलबाट निकाल्न खोजेका थिए ।

अध्यक्षका अर्का प्रत्याशी माधवकुमार नेपाल पक्षबाट सचिवको उम्मदेवार बनेका भट्टराईले ओलीको स्वास्थ्यमाथि प्रश्न उठाउँदै पर्चा नै बाँड्न लगाएका थिए ।

उनले ओली स्वास्थ्यका कारण नेतृत्वका लागि सक्षम नभएको विषय राख्दै माधव नेपाललाई जिताउन अपिलसहित पर्चा बाँड्नेसम्ममा पुगेका थिए । पर्चामा ओलीको स्वास्थ्यबारे कुरा उठाएको देखेपछि हंगामा भयो ।

ओली पक्षीय जुझारु नेता कार्यकर्ताले भट्टराईलाई हलबाट बाहिर निकाल्नुपर्ने र महाधिवेशनको प्रतिनिधिबाट पनि हटाउनुपर्ने विषय उठाए । भट्टराईमाथि आक्रमणको प्रयास पनि भयो ।

तर, त्यसलाई नेपाल पक्षका जुझारु नेता कार्यकर्ता अगाडि बढेर मिलाए ।

यसरी ओली पक्षबाट तारो बन्दै आएका योगेश भट्टराई फेरि उक्त पक्षमा कसरी टिक्न सक्ने हुन् चासोको विषय बनेको छ ।

उनले एमाले फुटेमा माधव नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । एमालेमै रहने बताइसकेका छन् ।

अहिले एमालेमा ओली पक्ष निकै हावी छ । युथ फोर्स सक्रिय भइसकेको छ । भ्याली कमान्ड समेत बनाइसकेको छ । महेश बस्नेत, पिताम्बर तिमिल्सिना जस्ता जुझारु नेताहरुको पकड युवाहरुमा देखिएको छ ।

यस्तो संरचना भइसकेको एमालेमा योगेश भट्टराई कमजोर सावित हुन सक्ने देखिएको छ । तैपनि, उनी एमाले जता आफू त्यतै किन भनिरहेका छन् ? चासोको विषय बनेको छ ।

भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन् । उनको राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि निकटता छ ।

त्यही निकटताले पनि उनी एमालेमै रहने सम्भावना बलियो भइरहको छ । तर, लामो समय बामदेव गौतमसँग पनि काम गरेकाले उनी को बाट कन्भिन्स हुने हुन् चासोको विषय बनेको छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button