लामखुट्टे मा’र्त्न खोज्दा भक्तपुरमा कार दुर्घटना

भक्तपुरमा कार दुर्घटना भएको छ । अरनिको राजमार्ग अन्तर्गतको गठ्ठाघर चोक नजिकै साँझ ६ बजे कार दुर्घटना भएको हो ।

चालकलाई लामखुट्टेले टोकेको र सो लामखुट्टे मा’र्न खोज्दा उक्त दुर्घटना भएको कार चालकले प्रहरी समक्ष बयान दिएका छन्।

दुर्घटनाग्र’ स्त कार सडकको रे’लिङमा ठो’क्किएको थियो । दुर्घटनाग्र’स्त कारको अगाडिको भागमा सामान्य क्षति पुगेको र चालक सकुशल रहेको बताइएको छ ! त्यस्तै पोखरा महानगरपालिका–२५ हेम्जामा शनिबार बेलुकी ट्याक्टर प’ल्टिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टरमा चढेका पोखरा–१६ बाटुलेचौर बस्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका २३ वर्षीय सोम बहादुर कुमालको मृ’त्यु भएको हो ।

ति’व्वतीयन क्याम्पबाट लामाचौरतर्फ जाँदै गरेको ग १ त ६७४३ नम्बरको ट्याक्टर ढुङ्गामा ठो’ क्कि एर प ल्टिँदा कुमाललाई ट्याक्टरले च्या पि एको थियो ।

उद्धार गरेर उनलाई फिस्टेल अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको छ ।

यसैगरी, कास्कीकै पोखरा महानगरपालिका–२६ बुढीबजारमा शनिबार राति भ्यान र मोटरसाइकल एकआपसमा ठो’ क्किँ दा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा मोटरसाइकल चालक पोखरा–२६ कै २३ वर्षीय विनोद खत्री रहेका छन् ।ग १ च ९२४५ नम्बरको भ्यान र ग २१ प १२५० नम्बरको मोटरसाइकल एकआपसमा ठो’ क्किँ दा घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

थप कडाई गर्दै थपिने भयो काठमाडौं उपत्यकाको निषेधाज्ञा !

काठमाडौँ उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

थपिएको आदेश सोमबार बिहान १ बजेदेखि लागू हुनेछ ।

आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन नपाउने उल्लेख छ ।

यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न÷गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ सात बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौँ प्रशासनले जनाएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य अडरहरूको हबकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सिट क्षमता अनुसारको यात्रु राखेर यातायतका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ ।

टेम्पु र निलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम गरिएको छ ।

लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ ।

गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदी उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ ।

उक्त आदेश पालना नगरेमा भने कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button