ललितपुरमा बालिका बलत्कारको आरोपमा एकजना पक्राउ ।
काठमाडौं । ललितपुरको ईमाडोल स्थित ९ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि स्थान बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षिय हर्कबहादुर वि.क छन् ।
विक लाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरी अनुसन्धान थालेको महानगरीय प्रहरी वृत सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जाकारी दिए ।
शर्माका अनुसार बालिकालाई ५०० रुपैयाँ दिएर प्रलोभनमा पारी करणी गरेको भन्ने प्रहरीमा जाहेरी परेको थियो । त्यसको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको हो ।
छिमेकमा बस्ने बालिकालाई विगतमा पनी पटक पटक बोलाउने र चकलेट दिने गरेको पाईएको प्रहरीको भनाई छ । तर, पछिल्लो पटक करणी गरेको पाईएको शर्मा बताउँछन् । बालिकाको थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परिक्षण गरीरहेको छ भने रिर्पोट आउन बाँकी छ । विक विरुद्ध भने करणी सम्बन्धी कसुरमा अनुसन्धानका लागी ७ दिन म्याद थप भईसकेको छ ।