रेशम चौधरीलाई रिहा गर्न जसपा सांसद झाको माग

८ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे ।

एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे ।

एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

पूर्ववर्ती सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश यथाशीघ्र पारित गर्न समेत झाले माग गरेका छन् ।

पानीजहाज चलिसक्यो, प्रधानमन्त्रीलाई सजिलै होला : सिंह

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले पानीजहाजदेखि चुच्चे रेल चलाएकाले नयाँ सरकारलाई सहज हुने टिप्पणी गरेका छन् ।

संसदको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा सिंहले भने, ‘एक किसिमले उहाँ लक्की नै हुनुहुन्छ किनभन्दा ओलीजीको साढे तीन वर्षको समयमा उहाँले पानीजहाज पनि चलाइसक्नुभएको छ ।’

अघि भने, ‘दुवै छिमेकीलाई चुच्चे रेलले जोड्नु भएकै छ । हाइवेमा रनवे बनेकै छ । यही कारण हाम्रा प्रधानमन्त्रीलाई काम सजिलै होला भन्ने लागेको छ ।’

कांग्रेस सांसद सिंहले खोप व्यवस्थापनमा कमजोरी देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । आफ्नो पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप भन्ने प्रधानमन्त्रीको प्रतिवद्धता फेमस भइसकेको उनले बताए ।

उनले कोरोनासँगै भ्रष्टाचारको भाइरसलाई पनि सरकारले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

रेष्टुरेन्टमा भ्याट हटाऔं : व्यवसायी

रेष्टुरेन्ट व्यवसायीले खानाको कच्चा पदार्थमा पूर्णरुपमा स्वदेशी उत्पादन  र कृषि उपज प्रयोग गर्ने भन्दै रेष्टुरेन्टमा सरकारले लिने भ्याट समेत हटाउन माग गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्मासँग भेट्दै व्यवसायीले यस्तो माग गरेका हुन् ।

यस्तो व्यवस्थाले उपभोक्तामा खानाको मूल्य सर्वसुलभ पर्ने र यसले कृषि उपज समेत खपत बढाउने व्यवसायीको तर्क छ । सोहीकारण रेष्टुरेन्टमा शून्य भ्याटको माग व्यवसायीले अर्थमन्त्रीसँग गरेका छन् ।

उनीहरुले मौदि्रक नीतिमै यस्तो व्यवस्थाको माग समेत गरेका हुन् ।

मौदि्रक नीतिमा रेष्टुरेन्ट तथा बार क्षेत्रका मजदुर कर्मचारीको जिविकोपार्जनका लागि कम्तिमा ३ लाखसम्मको सहुलियत ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन समेत व्यवसायीले माग गरेका छन् ।

कोरोनापछि धरासायी बनेको पर्यटन क्षेत्र जोगाउन बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत पर्यटनमै हुनुपर्ने गरि लगानीको वातावरण बनाउन समेत माग गरिएको छ ।

‘बैंकका कर्मचारीलाई पनि भ्रमण विदा’

त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै पर्यटन व्यवसाय जिवित राख्न नेपाल सरकारले जस्तै वित्तीय संस्थाहरुमा समेत अनिवार्य भ्रमण बिदा कायम गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

चालु आवको बजेटमा सरकारले सरकारी कर्मचारीका लागि १० दिने भ्रमण बिदा दिने घोषणा गरेको छ । यो काज बिदा हुने छ ।

यो व्यवस्थाको स्वागत गर्दै रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपालले वित्तीय संस्थामा समेत यस्तै व्यवस्था गर्न माग गरेको हो ।

वित्तीय संस्थाले कम्तिमा ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् ।

यसले कर्मचारीले मुलुक घुम्न पाउने, होटेल-रेष्टुरेन्ट व्यवसायीलाई करको दायरामा समेट्न सहज हुने, मुलुकको पैसा विदेशिन नपाउने र कोभिडबाट अति प्रभावित आतिथ्य सेवालाई केही मात्रामा भएपनि राहत पुग्ने व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button