रेशम चौधरीको मुद्दा फिर्ता गरे ओलीलाई धन्यवाद दिन सकिन्छ, सहयोग गर्न सकिँदैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई आफ्नो पार्टीले सघाउन नसक्ने बताएका छन् ।
उनले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनले आफूहरुको माग पूरा गरेपनि धन्यवाद दिन सकिने तर सत्ता सहकार्य गर्न नसकिने स्पष्ट पारे ।
माओवादी केन्द्रसँग शनिबार कोटेश्वर पेरिसडाँडामा भएको छलफलपछि उनले ओलीले आफूहरुको माग पूरा पनि नगर्ने र गरिहालेछन् भने धन्यवाद मात्रै दिन सकिने बताए ।
उनले रेशम चौधरीको रिहाइ, मधेसका आन्दोलनका क्रममा सहभागीमाथि लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका आफूहरुको माग रहेको जानकारी दिए ।
उनीहरुको माग र सत्ता सहकार्यबारे शनिबार दुई दलबीच छलफल भएको र वार्ता सकारात्मक बनेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1