रक्तदानः कति फाइदाजनक ?

रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ ।

किनभने हामीले रक्तदान गर्दा त्यसले अरु विरामी वा रोगीले नयाँ जीवन पाउन सक्छन् । एक युनिट रगतले पनि कसैको ज्यान बच्न सक्छ ।

यद्यपि मान्छेहरु रक्तदान गर्नमा उति जागरुक छैनन्, जति यसको महत्व र जरुरी छ । विभिन्न स्थानमा रक्तदानको अभियान नै चलाइएको हुन्छ, तर मान्छेहरु रक्तदानका लागि तयार हुँदैनन् । यसो हुनुमा रक्तदानप्रति मान्छेको गलत धारणा पनि एक हो ।

कतिपयले के भन्छन् भने रक्तदान गर्ने क्रममा अरु रोग सर्न सक्छ । जस्तो कि, एड्स, क्यान्सर आदि । तर, चिकित्सकहरु यस्तो कुरा स्वीकार्दैनन् । उनीहरु भन्छन्, रक्तदानले केवल अरुलाई जीवनदान मात्र मिल्दैन, स्वयम् दातालाई पनि फाइदा गर्छ ।

एक स्वस्थ व्यक्तिले रक्तदान गर्नु पूर्ण रुपमा सुरक्षित छ । जब रक्तदान गर्नका लागि जानुहुन्छ, तब चिकित्सकले तपाईंको हेमोग्लोबिन, ब्लड प्रेशर र तौल जाँच गर्छन् । सबै कुरा ठीकठाक वा सामान्य भएमा तपाईंलाई रक्तदानका लागि अनुमति दिइन्छ ।

१८ देखि ६० वर्षसम्मका कुनै पनि स्वस्थ व्यक्तिले वर्षमा तीन वा चार पटक सम्म रक्तदान गर्न सक्छन् । रक्तदान गर्नका लागि तपाईंको शरीरको तौल ४५ केजीभन्दा माथि हुनुपर्छ ।

किन जरुरी छ रक्तदान

तपाईंको एक युनिट ब्लडले लगभग तीन जना व्यक्तिको ज्यान बच्न सक्छ । यसैले पनि हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्न उचित हुन्छ । रगतलाई अरु हिसाबले बनाउन सकिंदैन न यसको कुनै अर्को विकल्प छ ।

शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरुलाई रगतको जरुरी हुन्छ । उक्त आवश्यकता तपाईंले दान गर्नुभएको रगतले परिपूर्ति गर्छ । त्यसैले यसलाई महादान भनिएको हो ।

रक्तदानको फाइदा

रक्तदान गर्नु पनि आफैंमा फाइदाजक छ । यसले खासगरी मुटुलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । साथसाथै अरुको मुटुको ढुकढुकी कायम राख्न पनि तपाईंको रक्तदान जरुरी हुन्छ ।

-रक्तदानले तपाईंलाई हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ । रक्तदान गरेपछि रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ ।

-रक्तदानले शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ ।

-रक्तदान गर्नाले तपाईंको शरीरमा नयाँ रक्तकोषिका बन्छ, जसले तपाईंमा नयाँ उर्जा मिल्छ ।

-रक्तदानपछि हेपटाइटिस बी, सी, एचआईभी र केही रोगको परीक्षण गरिन्छ । अतः यस्ता संभावित रोगको शुरुमै पहिचान गर्न सहयोग हुन्छ ।

रक्तदानपछि हुने केही साइड इफेक्ट

रक्तदानपछि केही शारीरिक कमजोरी महसुस हुनसक्छ । कतिपयलाई चक्कर लाग्छ, वान्ता पनि हुन्छ । सुई लगाएको ठाउँमा दुखाइ महसुस हुन्छ । तर, बुझ्नुपर्ने कुरा त के भने यस्तो साइड इफेक्ट एकदमै कम मान्छेमा मात्र हुन्छ ।

साथै यी सबै कुरा एकदमै सामान्य हुन्छ, जो चाँडै निको भइहाल्छ ।

किन महत्वपूर्ण छ अष्टांग आयुर्वेद ?

दुनियाको प्राचिनतम चिकित्सा प्रणाली हो, आयुर्वेद । अहिले विश्वमा जतिपनि चिकित्सा प्रणालीको विकास भएको छ, ति सम्पूर्णको प्रेरणा यही आयुर्वेदबाट लिइएको मानिन्छ । कुनैपनि रोगलाई जरैबाट नष्ट गर्ने क्षमताका कारण अहिले अधिकांशले आयुर्वेदप्रति विश्वास गरेका छन् ।

आयुर्वेद चिकित्सालाई पपिन त्यसको विषयका हिसाबले आठ अलग-अलग भागमा विभाजन गरिएको छ । यी आठ भागको सम्मिलित रुपलाई ‘अष्टांग आयुर्वेद’ नाम दिइएको छ । यी प्रत्येक शाखालाई विस्तारमा जानौं ।

काय चिकित्सा

यो काय शब्दको अर्थ अग्नी हो । काया चिकित्साको अर्थ हो अग्नीसँग जोडिएको चिकित्सा । आयुर्वेदमा अग्नीलाई सबैभन्दा महत्वपूर्ण मानिएको छ । शरीरका प्रत्येक कोशिकादेखि लिएर पुरा तन्त्र हरेक समय एक प्रक्रियाबाट गुजि्ररहेको हुन्छ ।

आयुर्वेदमा यसलाई त्रिदोष एवं आधुनिक आयुर्विज्ञानमा यसलाई एनाबोलिज्म, क्याटबोलिज्म एवं मेटाबोलिज्मको नाम दिइएको छ ।

जब हाम्रो शरीरको अग्नी ठीक ढंगले काम गर्न थाल्छ, तब तीन दोष एवं सात धातु सबै सन्तुलित अवस्थामा रहन्छ । अग्नी ठीक रहनाले मलत्याग र शरीरका भित्र चल्ने सबै प्रक्रिया सही हुन्छ । यो नै स्वस्थ जीवनको संकेत हो ।

आयुर्वेदमा बताइएको काय चिकित्सा मूख्य रुपले यसको पाचक अग्नीमा केन्दि्रत छ । अग्नीलाई नै शरीरको मूख्य उर्जा मानिएको छ । अग्नीले शरीरको सबै रसायन, नुन र हर्मोनलाई सन्तुलित राख्छ । हाम्रो शरीरको मेटोबोलिज्म पनि यही अग्नीमा निर्भर गर्छ ।

आयुर्वेदमा अग्नीको १३ प्रकार बताइएको छ । जसमा जठराग्नी वा पाचक अग्नीलाई मुख्य मानिएको छ । पाचन अग्नी कमजोर हुनु वा अधिक हुनु भनेको शरीरमा रोगलाई निमन्त्रणा गर्नु हो ।

कायचिकित्सा अन्र्तगत यही रोगको उपचार गरिन्छ । ज्वरो, मधुमेह, कुष्ठरोग, गठिया, पखला, एनिमिया, पायल्स, पेट सम्बन्धी र अरु गुप्त रोगको उपचार कायचिकित्सा अन्र्तगत गरिन्छ ।

बालरोग चिकित्सा

गर्भावस्थाको समय महिलाको रोगको उपचार र प्रसूतीपछि शिशुको रेखदेख र उनको उपचार बालरोग चिकित्सा अन्र्तगत पर्छ । यो आयुर्वेद चिकित्सा पद्धतीाके दोस्रो मूख्य अंग हो ।

प्रसवका लागि सही विधी छनौटदेखि स्तनपान र प्रसवपछि हुने हरेक सानो-ठूलो समस्याको निदान गरिन्छ ।

भूत विद्या

यस अन्र्तगत मूख्य रुपले मानसिक रोगको उपचार गरिन्छ । भूतविद्या अन्र्तगत डोरीले बाँध्नु, नाकमा औषधि हाल्ने जस्ता विधी प्रयोग गरिन्छ । यही विधीबाट मानसिक रोगको उपचार गरिन्छ ।

यसका साथै आयुर्वेदमा ब्याक्टेरिया र जीवाणुलाई राक्षस, पिशाच, असुर आदि नामले पुकारिन्छ । हाम्रो शरीरमा हुने कुनैपनि रोग यही व्याक्टेरिया र जीवाणुले हुनेगर्छ । शरीरमा ब्याक्टेरियाबाट हुने रोगको उपचार पनि यही भूतविद्याबाट गरिन्छ ।

शल्य चिकित्सा

सर्जरी अर्थात शल्यक्रियाबाट गरिने उपचार पद्धतीलाई आयुर्वेदमा शल्यचिकित्सा नामले जानिन्छ । कुनैपनि चोट लागेपछि वा गंभिर घाउ भएपछि यसको उपचार विधी खोजिन्छ, जसमा शल्यक्रिया जरुरी हुनसक्छ ।

सुश्रुतका अनुसार कुनैपनि चोट लाग्ने वा घाउ हुनेका साथे अतिरिक्त विकार बनेर जुन रोग फैलन्छ, त्यसको उपचारका लागि शल्य चिकित्साको मद्दत लिइन्छ ।

शालाक्य तन्त्र

गला र गलाका काथि रहेका अंगहरु मुख, नाक, कान र आँखासम्बन्धी जोडिएका समस्याको उपचार शालाक्या तन्त्र अन्र्तगत गरिन्छ । यसका शलाकाको मद्दतले उपचार गरिन्छ । एलोपेथीमा यसलाई इएनटी र अप्थाल्मोलोजी भनिन्छ ।

अगद तन्त्र

अलग अलग किसिमको विषको पहिचान र त्यसबाट हुने समस्यको उपचार अगद तन्त्र अन्र्तगत पर्छ । आयुर्वेद अनुसार विष कुनैपनि किसिमको हुन्छ जस्तो रुख विरुवाबाट, खनिजबाट वा अरु माध्यामबाट निस्कने विष ।

सर्प, विच्छु आदिको टोकाइबाट निस्कने विषय । यी भिन्न भिन्न किसिमको विषलाई भिन्न भिन्नै उपचार विधी अपनाएर गरिने उपचारलाई अगद तन्त्र भनिन्छ ।

रसायन तन्त्र

आयुर्वेदमा रस र धातुको विशेष महत्व बताइएको छ । यस रस र धातुको कमी वा धेरै हुनु वा असन्तुलन हुनुले शरीरमा रोग उत्पन्न हुन्छ । यसरी उत्पन्न रोगको उपचार गर्ने विधीलाई रसायन तन्त्र भनिन्छ ।

खासगरी आयुर्वेदको यस शाखामा अनुहारको रुखोपन, कपाल सेतो हुने, कपाल झर्ने जस्ता रोगको उपचार गरिन्छ ।

वाजीकरण तन्त्र

यौन सम्बन्धीत समस्या र त्यसको उपचार वाजीकरण तन्त्र अन्र्तगत गरिन्छ । आयुर्वेदका अनुसार जुन चिकित्साले हाम्रो प्रजनन क्षमतालाई बढाउन सहयोग गर्छ त्यसलाई वाजीकरण भनिन्छ । यस अन्र्तगत नपुंसकता, शुक्राणुको कमी, शरीरको कमजोरी आदि रोगको उपचार गरिन्छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button