यो हो संसारको सबैभन्दा ‘डरलाग्दो’ बिरालो, इन्स्टाग्राममा छन् २२ हजार बढी फलोअर्स

सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।

यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी शहरमा बस्छ ।

जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।

जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रिसाएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् ।

कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् ।

यो पनि,,,प्रेमिकाले प्रेमीलाई बाइक नभएको भन्दै गिज्याइन्, प्रभावित पार्न चोरे ८ मोटरसाइकल

आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नयाँ दिल्लीका एक युवकलाई गत शनिबार पक्राउ गरिएको छ । उनकी प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको बताइन्छ ।

अडिटी सेन्ट्रलका अनुसार ललित नामका ती व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नयाँ दिल्लीमा विभिन्न पार्टीको आयोजना गर्ने गर्थे । तर गत महिना भ्यालेन्टाइन्स डेमा प्रेमिकाले उनलाई आफ्नै मोटरसाइकल नभएको भन्दै गिज्याइन् ।

उनले भनेको सही थियो तर प्रेमीलाई उनको कुराले घोच्यो तसर्थ आफ्ना साथीसँग मिलेर ललितले प्रेमिकाका लागि एउटा होइन थुप्रै मोटरसाइकल ल्याउन सक्छु भनेर देखाउने निश्चित गरे । तर, दुर्भाग्यवश उनको यो योजनाले उनलाई जेलसम्म पुर्‍यायो ।

ललित र उनका साथी साहिदले आफूले जतिसक्दो धेरै महँगो मोटरसाइकल चोर्ने निश्चित गरे । सुरुमा सबै कुरा राम्रै चल्यो । उनीहरुले केही महँगा दुई पाङ्ग्रे चोर्न सफल भए तर उनीहरुको यस्तो व्यवहारले पुलिसको ध्यान आकर्षित गर्‍यो ।

मार्च ६ तारिखमा पुलिसले दुई संदिग्ध द्वार्का एरियामा भएको खबर पाए । तसर्थ पुलिसले उनीहरुलाई पछ्याउने निश्चित गरे । जब पुलिसले लाइसेन्स प्लेट नभएको एउटा महँगो बाइकमा सवार दुई युवालाई देखे तब उनीहरुलाई रोकियो ।

उक्त बाइक फेब्रुअरी २१ तारिखमा दिल्लीको बिन्दापुरमा चोरी भएको पुष्टि भयो ।

यी दुईले आफ्नो अपराध स्विकार गर्दै आफूहरुले विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेको पुलिसलाई जानकारी दिए । किन यस्तो अपराध गरेको भनेर प्रश्न सोध्दा, ललितले आफ्नी प्रेमिकालाई प्रभावित पार्न यस्तो गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button