यो हो विश्व रेकर्ड बनाउने संसारको सबैभन्दा गह्रुङ्गो आँप, तौल ४.२५ केजी

गर्मीको मौसम आउने बित्तिकै मानिसहरुको मनमा एउटै फलको नाम आउँछ । फलको राजा – आँप । तर तपाईंले कति ठूलो आँप खानुभएको छ ।

धेरै ठूलो आँप खानु भएको भएपनि त्यो मुश्किलले एक किलोग्रामको होला ।

तर सरकारको सबैभन्दा गह्रुङ्गो आँप ४.२५ किलोग्रामको छ । यसको नाम गिनिज वर्ल्ड रेकर्डमा समावेश गरिएको छ । आउनुहोस् यो शानदार आँपबारे जानकारी लिऔंः

यो आँपलाई कोलम्बियामा गुआयातास्थित स्यान मार्टिन फार्ममा फलाइएको हो । यो फार्मका मालिक हुन् किसान दम्पत्ति जर्मन ओरल्याण्ड नोवोआ बरेरा र उनकी श्रीमती रीना मारिया मारोक्विनले मिलेर फलाएका थिए ।

उनीहरुले सबैभन्दा गह्रुङ्गो आँप फलाएको रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड फिलिपिन्सको नाममा थियो । जहाँ ३.४३५ किलोग्रामको आँप फलाइएको थियो । यो कुरा सन् २००९ को हो । 

जर्मन अरल्याण्डोले उक्त आँप देख्दा आफू नै अचम्ममा परेको बताए । किनभने यसको तौल ४.२५ किलोग्राम छ ।

यो आँप त्यही रुखमा फलेका अन्य आँपको तुलनामा निकै तीब्र गतिमा बढिरहेको थियो । यो कुराले दुबैले आफ्ना छोरी डेबेजीलाई बताए ।

डेबेजीले इन्टरनेटमा सबैभन्दा गह्रुङ्गो आँपबारे खोज्दा यो रेकर्ड फिलिपिन्सको नाममा भएको पाए । कोलम्बियाको आँपको माथिल्लो भाग स्याउजस्तो रातो छ । 

जर्मनले संसारको सबैभन्दा भारी आँपको गिनिज वर्ल्ड रेकर्डमार्फत् कोलम्बियाका मानिसहरु मिहिनेती हुन्छन् भनेर बताउन चाहेको बताए । उनले थपे, ‘कोलम्बियाका मानिसहरु आफ्ना देश, आफ्नो जमिन, खेतीसँग प्रेम गर्छन् ।

हामी थुप्रै फलफूल फलाउँछौं । कोरोना महामारीका बेला आँपको यो खबरले दुःखी र तनावमा भएका मानिसहरुको मनमा थोरै खुसी पलाउनेछ । यसले उनीहरुलाई रोगबाट बाहिर निस्कन मद्दत मिल्नेछ ।’

गिनिज बुकमा नाम आएपछि पूरा परिवारले मिलेर आँपलाई काटेर खुसी मनाउँदै खाए । साथै, गिनिज टिमका सदस्यलाई पनि खुवाए । 

वैज्ञानिकले भ्यागुतोबाट बनाए नयाँ रोबोट

अमेरिकी वैज्ञानिकले भ्यागुतोको कोशिकाबाट जीवित रोबोट बनाएका छन् ।

यो पानीमा पौडिने मात्र होइन आफ्नो कल–पुर्जा पनि बदल्न सक्छ । साथै यसको स्मरण शक्ति पनि एकदमै राम्रो छ ।

यो रोबोट ‘Xenobots’ बायोलजिकल रोबोटको ‘अपडेटेड भर्सन’ पनि हो जसको पछिल्लो वर्ष अनावरण गरिएको थियो ।

यो जिउँदो रोबोटलाई टुफ्टस युनिभर्सिटी तथा वोरमोंट युनिभर्सिटीका वैज्ञानिकले भ्यागुताको कोशिकाबाट तैयार  गरेका हुन ।

यो सानो रोबोटले कैयौं काम एकसाथ गर्न सक्छ । यो आफैं चल्न सक्छ भने आफ्ना रोबोट साथीहरुसँग मिलेर सैनिक जसरी कुनै कामको परिणाम निकाल्न सक्छ  ।

यस नयाँ रोबोटमा कैयन नयाँ प्रविधि  जोडिएका छन  ।

यसले कैयौं एकल कोशिकालाई जोडेर आफ्नो शरीर समेत बनाउन सक्छ । यो रोबोट पौडिन पनि सक्षम छ ।

यस  रोबोटको स्मरण क्षमता यति जबर्जस्त छ कि यसले आफूसँग भएका घटनाको स्मरण गर्न समेत सक्छ । यसको आयु पनि लामो छ भने अरूसँग एकजुट भएर काम गर्न सक्छ ।

साथै आफूले आफैंलाई ठीक गर्न समेत सक्छ ।

शोधकर्ताका अनुसार यसलाई अझ परिष्कृत गरेर यसमा अन्य क्षमता पनि राख्न सकिन्छ ।

शोधकर्ताका अनुसार यसलाई पर्यावरण सुधार गर्न तथा स्वास्थ्य व्यवस्था राम्रो बनाउन प्रयोग गर्न सकिन्छ ।

यस  रोबोटबाट कसरी मानिसले जस्तै भ्यागुताको कोशिकाले  शरीरको निर्माण गर्छन्  र एउटा सिस्टमको रुपमा काम गर्छन् बारे थाहा पाउन सक्ने विश्वास गरिएको छ  ।

यस  रोबोटको बारेमा जर्नल साइन्स रोबोटिक्समा विस्तृत शोध प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button