यो हो कपडाभित्रको दृश्य समेत खिच्नसक्ने क्यामरा

स्मार्टफोन कम्पनी वन प्लसले हालै आफ्नो फ्लागसिप स्मार्टफोन वनप्लस ८ प्रो लञ्च गर्‍याे । उक्त स्मार्टफोनको एउटा विवादित क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको छ ।

वन प्लसको क्यामरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो खिच्न सक्दथ्यो ।

जिउमा लगाएको कपडाको भित्रको दृश्य समेत खिच्नसक्ने भनिएको उक्त एक्सरे भिजन स्मार्टफोन क्यामरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा चिन्ता व्यक्त गरेसँगै उक्त क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको हो ।

वनप्लसले नयाँ डिभाइसका लागि एक सफ्टवेयर अपडेट जारी गरेको छ । उक्त अपडेटसँगै फोनको क्यामराले कपडा भित्रको दृश्य खिच्न सक्ने छैन ।

उक्त अपडेट अगाडि नै धेरै प्रयोगकर्ताले सो क्यामराबाट तस्वीर खिचेर सोसल मिडियामा शेयर गरिसकेका थिए ।

सोसल मिडियामा शेयर गरिएका केही तस्वीरहरुबाट प्रष्ट हुन्थ्यो कि वनप्लसको इन्फ्रारेड लेन्सले कतिपय ग्याजेट्सका खोलहरु भित्रको दृश्य समेत खिच्दथ्यो र तस्वीरमा ग्याजेटको ब्याट्री तथा तारहरु समेत देखिन्थ्यो । त्यस्तै कालो टिसर्ट भित्रको दृश्य समेत यो क्यामराले खिच्न सक्दथ्यो ।

स्मरण रहोस् वनप्लसको पछाडि पट्टिको भागमा ४ वटा मूख्य क्यामराहरु थिए । जसमा एउटा फोटोक्रोम लेन्स थियो । प्रयोगकर्ताहरुको गुनासो आएसँगै कम्पनीले स्मार्टफोनको उक्त फोटोक्रोम क्यामरा सधैका लागि बन्द गरिदिएको हो ।

कम्पनीले एक आधिकारिक ब्लग मार्फत् यसको पुष्टि गरेको छ । एजेन्सी

अचानक बिरामी आएपछि कहाँ बाट आउनु भयो भनेर सोधपुछ गर्दा पुगेका रहेछन् यस्तो ठाउँमा

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ ।

उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ ।

सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए ।

गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो ।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयवासीको हेलचक््रयाइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए ।

गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उनको भनाइ छ ।

गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा सङ्क्रमणको दर बढेको कँडेल बताउँछन् ।

जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताए । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए ।

“अहिले सङ्क्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्”, उनले भने, “पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ ।”

गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा सङ्क्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ ।

अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ ।

उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीयवासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button