यो वर्ष यी सात राशीको प्रेम जीवन हुनेछ सुखमय

काठमाडौं । शुक्र ग्रहलाई प्रेमको कारक ग्रह मानिन्छ । ज्योतिषका अनुसार कुण्डलीमा शुक्रको स्थितिका कारण सम्बन्ध बन्ने वा बिग्रने गर्दछ । तर सन् २०२१ मा ७ राशीले भने शुक्रको कृपाको कारण प्रेममा विशेष सम्बन्ध रहनेछ । यो वर्ष ती ७ राशीले सच्चा प्रेम पाउने, विवाह बन्धनमा बाधिने र जीवनमा रोमान्स रहनेछ । कुन कुन राशी हुन् त ती ?

मेष राशी
मेष राशिका जातक सिंगल छन् र प्रेमको खोजीमा छन् भने सन् २०२१ को वर्षमा उनले विशेष मानिस भेट्ने संभावना प्रबल छ । यो वर्षमा प्रेममय जीवन बिताउने उत्तम समय रहेको छ । विवाहितले सुखद् दाम्पत्य जीवन बिताउने छन् । सम्बनध जोडिएकाहरुको पनि यो वर्ष सुमधुर जीवन रहनेछ । तथापी पार्टनरसंग नकारात्मकता कुरा गर्नबाट बच्नुहोस् ।

वृष राशी
वृष राशीका जातकका लागी सन् २०२१ को वर्ष सम्बन्धमा प्रेम र उत्साह लिएर आएको छ । सिंगलको जीवनमा खास व्यक्तिको आवागमन हुने संभावना प्रबल छ । यस वर्ष विपरीत लिङ्गी नयाँ साथी बन्ने र पछि उहि जीवनसाथी बन्ने संभावना छ । तसर्थ जीवनमा आएका नयाँ व्यक्तिलाई नजरअन्दाज नगर्नुहोला ।

मिथुन राशी
मिथुन राशीका जातकका लागी सन् २०२१ को वर्ष अत्यन्त शुभ रहेको छ । सिंगल रहेका जातकको जीवनमा प्रेम प्राप्तीको योग छ । यस राशीका जातकले आफ्नो पार्टनरलाई अत्यन्त धेरै खुसी दिने समय रहेको छ । यस वर्ष जीवनसाथीसंग खुलेर समय बिताउने समय रहेको छ । मिथुन राशिका विवाहयोग्य जातक विवाह बन्धनमा बाधिने संभावना छ ।

कन्या राशी
पहिलेबाटै सम्बन्धमा रहेका कन्या राशीका जातकका लागी प्रेम प्रस्ताव गर्ने उचित समय छ । यो समय मन परेको मानिसलाई गरेको प्रस्तावको सकारात्मक जवाफ आउन सक्छ । सिंगलकालागी नयाँ व्यक्तिको आवागमनले जीवनमा नयाँ रंग थप्ने संभावना छ । साथै विवाहका लागी पहल थालेमा यो वर्ष विवाह हुन सक्छ ।

वृश्चिक राशी
वृश्चिक राशीका जातकलाई सन् २०२१ को वर्ष आफू अनुकूल रहनेछ । शुक्र र बृहस्पतिको प्रभावका कारण नयाँ प्रेम पाउन मद्दत पुग्नेछ । पहलेबाटै सम्बन्धमा रहेकाहरुले मन परेको मानिसबाट प्रेम प्रस्ताव पाउन सक्नेछन् । बृहस्पति गोचरका साथै यस राशीका जातककालागी सबै समस्या तथा कष्ट निवारण हुने उत्तम समय छ ।

मकर राशी
मकर राशीका सिंगल जातककालागी उपयुक्त साथी खोज्न सन् २०२१ को वर्ष उत्तम रहनेछ । यस वर्ष भेटिएको नयाँ व्यक्तिले मनमा डेरा जमाउन सक्नेछ । पुराना साथी वा कार्यालयका सहयोगीसंग प्रेम हुन सक्नेछ । यो वर्ष मकर राशीका जातकले आफ्नो प्रेम जीवनमा अद्भुत अनुभव पाउनेछन् ।

कुम्भ राशी
सन् २०२१ को अप्रिल २० पछि कुम्भ राशीका सिंगल जातककालागी शुभ रहनेछ । यो वर्ष आफ्नो इच्छा अनुसारको प्रेमी प्रेमिका वा जीवनसाथी भेटिनेछ । यहि कारणले यस राशीका जातकको भाग्यमा वृद्धि समेत हुनेछ । आगामी महिना अप्रिल, मे, अगस्ट, सेटेम्बर र डिसेम्बरमा विवाह हुने संभावना र विवाह बन्धनमा बाधिन उपयुक्त समय रहेको छ ।

यो पनि,,पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, बैशाख २१ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button