योगेशलाई ओलीको प्रहार : बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो
४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहमा लागेपछि योगेश भट्टराईलाई बैगुनी केटाकेटी’को संज्ञा दिएका छन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताए ।
उनले भने, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही (योगेश भट्टराई) केटो पो रहेछ ।’
योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उनले बताए। ‘हामी त्यस्तो कुरामा अल्झिदैँनौँ, उनले भने, एउटा केटोले छाडेर केही हुँदैन। युवाहरुको हामीलाई कुनै कमी छैन,’ उनले भने .
नयाँ युवालाई समेटेर अघि बढ्ने र प्रदेश १ ले चुनावमा पनि एक नम्बर नै बन्नुपर्ने ओलीको भनाइ थियो ।