यूएईमा चार युवतीले रुँदै भने- साहुले लुगा फेरेको बेलाको भिडियो खिच्यो
काठमाडौं। मोहमद भन्ने कम्पनीका मालिकले आजसम्म उनीहरुलाई कोठामा थु’नेर राखेका छन्। जुन कोठामा राखेका छन्, त्यस कोठामा सीसी क्यामरा जोडिएको छ।
उनीहरु बस्ने, खाने, सुत्ने, लुगा फेर्ने सबै काम त्यही एउटा कोठामा गर्नु पर्ने भएकाले सबै कुरा त्यो साहुले सीसी क्यामरामा हेर्ने रहेछ।
उनीहरुले लुगा फेरेको भिडियो एक दिन पीडित युवतीले देखेपछि त्यससम्बन्धमा कुरा गर्दा सिधै तिमीहरुको शरीर हेर्नलाई खिचेको हो भन्ने साहुले जवाफ दियो।
यूएईमा महिनौंदेखि चार नेपाली युवतीलाई साहुले थु’नेर या’तना दिएको समाचार डिसी नेपालमा छापिएको थियो। चार दिनअघि छापिएको उक्त समाचार थाहा पाएर पनि म्यानपावर कम्पनी भने उद्धार गर्नुको साट्टो चुप लागेर बसेको छ। अझै ती युवतीहरुको उद्धार भएको छैन।
यसै विषयलाई लिएर वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालसँग बुझ्न जाँदा भर्खरै मात्र ती युवतीहरुको रोदन सुनेर अँध्यारो मुख लगाउँदै टाउकोमा हात राखेर बसेका रहेछन्।
उद्धारको काम कहिले हुन्छ भन्ने डिसी नेपालको प्रश्नमा उनले यसरी बिचल्लीमा पारी नेपाली चेलीहरुलाई दुख दिने म्यानपावर कम्पनीका मालिकलाई तत्काल उद्धार गर्न भनेको उनले जानकारी दिए।
पीडित युवतीहरुलाई रिदम ओभरसिज प्रालिले यूएईको मोहमद भन्ने कम्पनीमा काम गर्न पठाएको रहेछ। कोरोनाभन्दा अगाडि रिदम म्यानपावरले पाँच जना युवती पठाएकोमा एक जना युवती भने भागेर नेपाल आउन सफल भएकी छन्। चार जना भने अझै रुदैँ उद्धार गरिदिनु भनिराखेका छन्।
डिसी नेपाल प्रतिनिधि विभागमा नै भएका बेला रिदम म्यानपावरका चार/पाँच जना कर्मचारीहरु महानिर्देशक दाहालको कार्यकक्षमा प्रवेश गरे। उनीहरु र महानिर्देशक दाहाल बीच भनाभनजस्तो शुरु भयो।
म्यानपावरका कर्मचारी आफ्नो बचाउ गर्दै ‘उहाँहरु (पीडित युवतीहरु) ले तलबको विषयमा मात्र कम्प्लेन गरेको झूठो कुरा बताए।
उनीहरुको दावीअनुसार, चारमध्ये एक जनाले भने नौ हजार पूरै तलब पाएको र तीन जनाले चाहिँ त्यहाँको भाषा नबुझेर समस्या भएको झूठो विवरण सुनाए। म्यानपावरका कर्मचारीले पीडित युवतीहरुले आफूहरुलाई शोषण भएको नभनेको तर डिसी नेपालको समाचार पढेर शो’षणमा परेको भने थाहा भएको बताए।
भर्खरमात्र पीडित चार युवतीहरुको रुवावासी सुनेर मर्माहत र त्यस्तो हालतमा पुर्याउने दलालप्रति आक्रोशित भएर बसेका विभागका महानिर्देशक दाहाल सो म्यानपावर कम्पनीका प्रतिनिधिहरुसँग निकै क डारुपमा प्रस्तुत भएका थिए।
उनले ‘तपाईँहरुले पठाएका चेलीहरुको ना ङ्गो फो टो राखेर दुबईको साहुले ब्लाकमेल गरिराखेको छ।
यो पनि,,, बिमान दु’र्घ’ ट ना हुनु केहि समय अघि एकै परिवारका सदस्यले खिचेको तस्बिरले संसारलाई नै रुवायो
इण्डोनेशियामा श्रीविजय एयरको विमान दु’र्घटनामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुः’खद नियतिको खुलासा गरेको छ ।
उनीहरुलाई नियतिले तानेर मृ’त्युको मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको सेल्फी सार्वजनिक भएपछि उनीहरुको दु’खद नियतिको खुलासा भएको हो ।
उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् ।उनका दाजु इरफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रार्थना गर्न भनेका थिए ।
इरफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनीहरुले उडान परिवर्तन गरे ।
डेलीमेलको रिपोर्टअनुसार शनिबार आत्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमानस्थल पुगेका इरफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरिरहेका थिए ।‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं इरफान्स्याहले संवाददाताहरुसँग भने ।
उनका अनुसार उनको परिवारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनपिभत्र छन् ।
उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियानाकस्थित आफ्नो घर जाँदै थिए । ‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेकको थिएँ ।
यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो इरफान्स्याहले भने ।
यो पनि : देशभर थप १३ नयाँ विमानस्थल बनाउने तयारी
प्रस्तावित विमानस्थल अहिलेमात्र अगाडि बढेका भने होइनन् । विगतदेखि सरकारले नीति तथा कार्यक्रममा राखेपनि कार्यानवयनमा जान नसकेका विमानस्थल आयोजनालाई प्राधिकरणले प्रस्तावित विमानस्थलको सूचिमा राखेको हो ।
नेपालमा अहिले निर्माण सम्पन्न भइसकेका विमानस्थलको संख्या ५४ पुगिसकेको छ । यसमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलसमेत हो । बनिसकेका विमानस्थलमध्ये ३२ विमानस्थलमात्र नियमित संचालनमा छन् ।
२२ विमानस्थल भने ब न्द अवस्थामा छन् । कतिपय व्यापारिक दृष्टिले चल्न सकेनन् भने कतिपय सडक यातायातका कारण विमानस्थल नै विस्थापित हुने अवस्थामा पुगेका हुन् ।
दुई विमानस्थल (पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय र अर्घाखाँची विमानस्थल) निर्माणाधिन अवस्थामा छन् । दाङ (नारायणपुर), धनकुटा, धरान, गुडेल (सोलुखुम्बु) , हुम्ला (मदनखौला) , पाँचथर (रानीटार), प्यूठान (स्वर्गद्धारी), निजगढ विमानस्थल (बारा), तेह्रथुम (चुहानडाँडा), उदयपुर (जोगिदह), बागलुङ (अरङकोट), काभ्रे र चरङ (मुस्ताङ) मा विमानस्थल बनाउन प्स्ताव गरिएको हो ।
सम्भाव्यता नदेखिएको काभ्रेदेखि चुहानडाँसडासम्म – सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल बनाउने योजना समेटेको छ । ‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक आन्तरिक विमानस्थल निर्माण गरिने छ,’ बजेटमा उल्लेख छ ।
यो त्यही आयोजना हो, जसलाई प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले फिर्ता लिन निर्देशन दिएको थियो । समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई यो कार्यक्रम फिर्ता लिन निर्देशन दिएको थियो । तर, सरकारले भने यस विमानस्थलमा हरेक वर्ष बजेट छुट्याउने गरेको छ ।
काभ्रेमा विज्ञ टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विमानस्थल बनाउन उपयुक्त स्थान भेटिसकेका छैनन् । सोहीकारण आव २०७५/७६ मा यस विमानस्थलका लागि राखिएको २५ करोड रुपैयाँ खर्च नै हुन सकेन ।
स्व. तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी दूर्घटनामा परेकै दिन १५ फागुन २०७५ मा तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडा विमानस्थल आयोजनाको स्थलगत अनुगमनमा थिए ।
यो विमानस्थल आयोजनासमेत नयाँ प्रस्तावित विमानस्थलको सूचीमा राखिएको छ । यो विमानस्थल निर्माणमा ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । चालु आवमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत सम्भाब्यता अध्ययन (डीपीआर) को काम समेत सक्ने लक्ष्य प्राधिकरणले लिएको छ ।